एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले जनाएका छन् ।
“सबै अतिथिहरुलाई निमन्त्रणा पुगिसकेको, कार्यक्रमको समय तालिका तयार गरिएको छ।” संयोजक उप्रेतीले भने, “शुक्रबार सांझ च्याप्टर नाईट हुनेछ । सनिबार बिहान ९ बजे कार्यक्रमको उद्घाटन हुनेछ र दुई घण्टामा उद्घाटन कार्यक्रम सकाईसक्ने छौं ।”
प्रमुख अतिथी को हुनेछ भन्ने प्रश्नमा उप्रेतीले भने, “यो बिषयलाई सेक्रेट नै राखौं । केही न केही सरप्राईज आउनेछ ।”
उद्घाटन लगत्तैको समय साईन्स एण्ड टेक्नोलोजीका कार्यक्रमहरुमा दिनभर छलफल र परामर्श हुने पनि संयोजक उप्रेतीले जानकारी दिए ।
आईतबारको दिन वन्द सत्रको लागि छुट्याईएको पनि उप्रेतीले बताए ।
कार्यक्रम भव्य र सभ्य माहौलमा सम्पन्न हुने पनि उनले बताए । अहिलेसम्मको रजिष्ट्रेशनको प्याटर्न र साथीभाईहरुबाट प्राप्त सूचनाका आधारमा यो पटकको साधारण सभा अहिलेसम्म कै धेरै प्रतिनिधिहरु उपस्थित भएको साधारण सभा बन्नेमा आफू विश्वस्त रहेको बताए ।
“हामीले यो पटक केही दुरगामी प्रभाव पार्ने बिषयहरुमा पनि छलफल गर्ने छौं ।” बरिष्ठ उपाध्यक्ष समेत रहेका उप्रेतीले भने, “हामी कार्यक्रमको आवरणमा कस्तो बनाउनेभन्दा पनि बिषयवस्तु के के बनाउने भन्नेमा बढि केन्द्रित भएका छौं ।”