ड्यालस, टेक्सास
टेक्सासको ड्यालस निवासी गायिका रिता कार्कीको स्वरमा रहेको “भक्ति भजन राधे राधे” को म्युजिक भिडियो युट्युव मार्फत सार्बजनिक भएको छ । गायिका रिता कार्कीले मुख्य अभिनय गर्नु भएको उक्त भजन भक्ति फाईनान्सियल ग्रुपको आधिकारिक युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो ।
ड्यालसको हस्र्ट निवासी ईन्स्युरेन्स व्यवसायी तथा समाज सेवी रिता कार्कीको भक्ति भजन राधे राधेको काठमाण्डौं छायाँकन भएको थियो । उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान, भिडियो सम्पादन लक्ष्मण चौहान तथा सिनेमेटोग्राफर महेश महरा लगायत रहेका छन ।
बिगत एक दशक अघि देखि व्यवसायका अतिरिक्त समाजसेवामा समेत सकृय रहँदै आएकी कार्कीले बिभिन्न गीतमा स्वर दिई सक्नु भएको छ ।
विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...







