हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

Kishan Regmi by Kishan Regmi
July 30, 2024
in अमेरिका विशेष, मुख्य समाचार, समाचार
डालसमा “कफी विथ नेपाल जर्नी” कार्यक्रम सम्पन्न

डालस, २७ जुला ई २०२४ ।

नेपाल जर्नीले डालस, टेक्सासमा आयोजित विशेष कार्यक्रममा अपाङ्गमैत्री पुस्तकालय, चितवन परियो जना को प्रगति रिपोर्ट, वित्तीय रिपोर्ट र आगामी योजना बारे जानकारी गराएको छ। कार्यक्रममा नेपाल जर्नीका चार्टर प्रेसिडेन्ट मौसमी श्रेष्ठले उपस्थित सबैलाई हार्दिक धन्यवाद र अभिवादन व्यक्त गर्दै नेपाल जर्नीले विगत ८ वर्षमा १४ परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको जसमा भूकम्प राहत, बाढी पीडित राहत, र विभिन्न पुस्तकालय परियोजनाहरू सम्पान् गरेको जानकारी गराउनु भयो।

नेपाल जर्नी अपाङ्गमैत्री पुस्तकालय, चितवन परियोजनाको यात्रा आजको दिनसम्म आइपुग्न सहज थिएन, परियोजना निर्माणको शुरुवातमा भूमि प्राप्त गर्न ठूलो चुनौती भयो , स्थानीय र प्रशासनसँग लामो समय समन्वय गर्न र कानूनी प्रक्रिया पार गर्नुपर्ने थियो । कोभिड-१९ महामारीले निर्माण कार्यमा अवरोध ल्यायो , जसले गर्दा परियोजना समयमै सुरु हुन सकेन। विशेषगरी , फन्ड रेजिङ्ग इभेन्टहरू गर्न नसक्दा आर्थिक संकलनमा कठिनाइ भयो । यद्यपि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबाट अनलाइन अभियानहरू मार्फत सहयोग जुटाउने प्रयास गरिएको छ, तर सोचेको जस्तो रिजल्ट प्राप्त भएको छैन। सामाजिक र प्राविधिक चुनौतीहरु भएता पनि इन्जिनियरिङ टिम र नेपाल जर्नीका शुभचिन्तकको सहयोगमा यी समस्याहरूलाई पार गर्दै डिजाइन कार्य सम्पन्न गरेर निर्माण कार्यले गति लिएको अवस्थामा पुगेको चार्टर प्रेसिडेन्ट श्रेष्ठले बताउनुभयो ।नेपाल जर्नी अपाङ्गमैत्री पुस्तकालय, चितवन नेपाल जर्नीको मात्र सपना नभई आज तपाईं हामी सबैको दायित्व भएको विचार पनि व्यक्त गर्नु भयो।

भरतपुर महानगरपालिकाले यस परियोजनाका लागि सवा दुई कठ्ठा जग्गा उपलब्ध गराएकोमा मौसमी श्रेष्ठले आभार प्रकट गरिन्। नेपाल जर्नीका चार्टर प्रेसिडेन्ट मौसमी श्रेष्ठले भनिन्, “२०१७ मा हामीले ‘नेपाल जर्नी ‘ को भिजन प्रोजेक्टका लागि कोष संकलन सुरु गरेका थियौं । हाम्रो प्राथमिकता काठमाडौं थियो , तर जग्गा प्राप्त गर्न नसकेपछि अन्य महानगरहरूमा प्रयास गर्‍यौं ।यौं अन्ततः २०२० मा भरतपुर महा नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गर्‍यो । यस प्रोजेक्टलाई सुरु गर्न आर्थिक, मानवस्रोत, र स्थानीयको सहयोग आवश्यक थियो । यी सबैलाई ध्यानमा राख्दै, नेपाल जर्नी यूएसए, नेपाल जर्नी नेपाल, र ५ सदस्यीय पुस्तकालय परियोजना टोलीले संयुक्त रूपमा चितवनको लंकुमा यो प्रोजेक्ट निर्माण गर्ने निर्णय गर्‍यौं । निर्माण सम्पन्न भएपछि , भवनको कुल क्षेत्रफल ७,२९५ स्क्वायर फीट रहेको यो सार्वजनिक पुस्तकालय, नेपाल जर्नीले पुस्तकालयको स्थिरता सुनिश्चित गर्न संयुक्त रूपमा भरतपुर नगरपालिका , स्थानीय बासिन्दा, र वडालाई हस्तान्तरण गर्नेछ।

कार्यक्रमको सुरुवात नेपाल जर्नीका जनरल सेक्रेटरी बिकास भण्डारीले गरेका थिए, जसले सबै अतिथिहरूलाई स्वागत गर्दै विशेष धन्यवाद दिएका थिए। बिकास भण्डारीले भने, “यो कार्यक्रम फन्डरेजि ङ्गका लागि होइन, बरु चितवन पुस्तकालय परियोजनाको प्रगति अपडेट र वित्ती रिपोर्ट प्रस्तुत गर्ने अवसर हो ।” नेपाल जर्नीले २०१५ मा अमेरिकामा स्थापना गरेर नेपालमा पुस्तकालय र स्वास्थ्य सम्बन्धी परियो जनाहरू सञ्चालन गर्दै आएको छ। हालको अपाङ्गमैत्री पुस्तकालय परियोजना चितवन महानगरपालिकामा निर्माण भइरहेको छ।

नेपाल जर्नीका बोर्ड अफ डाइरेक्टर र इन्जिनियरिङ तथा कन्स्ट्रक्शन कोर्डिनेटर राजीव श्रेष्ठले निर्माण योजना र प्रगति रिपो र्ट प्रस्तुत गर्दै पुस्तकालय निर्माण कार्य लगभग ४०% सम्पन्न भएको जानकारी दिनुभयो । पुस्तकालयको कुल भवन क्षेत्रफल ७,२९५ वर्गफुट रहेको जा नकारी दिँदै उहाँले ग्राउण्ड फ्लोरमा स्वागत कक्ष, प्रतीक्षालय, ७५ जनाको पढ़्ने स्थान, १२ जनाको कम्प्युटर स्टेशन, ८ जनाको ओपन जनरल स्पेस, १० जनाको प्रशिक्षण हल, बच्चाहरूको खण्ड, अडियो /वीडियो सेक्शन, ब्रेल सेक्शन, २ महिला शौचालय, २ पुरुष शौचा लय, १ अपाङ्गमैत्री शौचालय, र २ युरिनल, कार्यालय कक्ष, सर्वर कक्ष, र गि फ्ट स्टेशन रहेका छन्। फर्स्ट फ्लोरमा १०० जना को सम्मेलन/मेडिटेशन कक्ष, १७ जनाको बैठक कक्ष, र क्याफेटेरिया /कोफी लाउन्ज र शौचालय निर्माण गरिँदैछ। पुस्तकालयलाई अपाङ्गमैत्री बनाउनका लागि व्हील चेयर र्याम्प र लिफ्ट पनि समावेश गरिएको जानकारी गराउनु भएको थियो।

कार्यक्रममा नेपाल जर्नीका कोषाध्यक्ष उमा अर्यालले नेपाल जर्नीको चालु आर्थिक स्थिति र आजसम्मको वित्तीय अपडेट प्रस्तुत गर्नुभयो । उहाँले बताए अनुसार, भवन निर्मा णको कुल लागत ३,२१,९९,४०५.०२ रुपैयाँ रहेको छ र हालसम्म बिल्डरलाई ९०,५०,००० रुपैयाँ भुक्तानी भइसकेको छ। आजको मितिमा नेपाल जर्नीको अमेरिकामा रहेको खातामा $६९३८३.६६ रहेको जानकारी पनि प्रस्तुत गर्नुभयो । चितवन पुस्तकालय परियोजनाको लागि अमेरिका मा विभिन्न वर्षहरूमा संकलित कोषको विवरण अनुसार: २०१७ मा $२७०४०.६७, २०१८ मा $१८,१९८.८६, २०१९ मा $२३,७५२४७, २०२० मा $0, २०२१ मा $८९६०, २०२२ मा $0, २०२३ मा $१६,०००, र २०२४ मा $३०,०३१ गरी आजको दिनसम्म अमेरिका बाट यस परियोजनाका लागि $१,२३,९८३ संकलन भएको जानकारी गराउनुभयो ।

कोषाध्यक्षले भन्नुभयो , २०२१ मा Cat UK ले १०,००,००० रुपैयाँ (दसलाख ) नेपाल जर्नीको नेपाल स्थित खातामा हस्तान्तरण गरेको छ भने नाटिग्नटम समाज युकेले सोझै नेपाल जर्नीको खातामा नेपाली एकलाख रुपैयाँ जम्मा गरेको छ। उहाँले थप जानकारी दिंदै भन्नुभयो , भरतपुर महानगरपालिकाले यस परियो जनाका लागि २५,००,००० ( पच्चिस लाख रुपैयाँ ) को प्रतिबद्धता जनाइसकेको छ। उमा अर्या लले नेपाल जर्नी , नेपाल टिमबाट पनि यस परियोजनाका लागि कोष संकलन अभियान जारी रहेको जानकारी दिनुभयो भने नेपाल जर्नी चितवन पुस्तकालय परियोजनाका ग्लोबल फाइनान्स कोर्डिनेटर भानु खरेलले डोनेशन संकलन र भाबी योजना प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सिटी अफ यूलसका प्रो -मेयर श्री टिका पौडेल, स्थानीय नेपाली समुदायका सदस्यहरू, र विभिन्न स्थानीय संगठनहरूका प्रतिनि धिहरूको उपस्थिति रहेको थियो , जसले कार्यक्रममा बिशेषता थप्नु भएको थियो। प्रो -मेयर टिका पौडेलले सबैलाई यस नोबल कजमा हातेमालो गरी परियोजना समयमै पुरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो , “सामाजिक ब्यक्तित्व बाल जोशीले २३ नोभेम्बर २०२४ मा १०० कि लो मिटर म्याराथन दौडेर यस पुस्तकालय परियोजनाका लागि रकम जुटाउने योजना बनाएका छन्।”

कार्यक्रममा प्रोफेसर प्रभात दीक्षितले पनि आफ्नो विचा र राख्दै भने, “नेपाल जर्नीको चितवन पुस्तकालयलाई अमेरिकाका विश्ववि द्यालयहरूसँग कसरी जोड्न सकिन्छ भन्ने बारेमा विस्तृत जानकारी दिनुभयो ।” उहाँले विश्वविद्यालयहरू बीचको सहकार्यले परियो जना को प्रभावकारिता र स्रोतहरूको सदुपयोगमा कत्तिको योगदान पुर्याउन सकिन्छ भन्ने कुरा मा विशेष जोड दिनुभयो ।

यस कार्यक्रममा नेपाल जर्नी टिमबाट, भाइस प्रेसिडेन्ट तथा प्रोजेक्ट लिड बद्रि श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर समिता श्रेष्ठ, पब्लिसिटी कोर्डिनेटर धनन्जय ढकाल र दिनानाथ न्यौपाने, Pro-bono Advisor रोहिन श्रेष्ठको पनि उपस्थित थियो ।

धनन्जय ढकालले आफ्नो विचार व्यक्त गर्दै भने, “यो परियोजना मेरो हृदयको नजिक छ र मैले यस परियोजनासँग सम्बन्धित जानकारी फैलाउनको लागि पूर्ण प्रयास गरिरहेको छु। मानिसहरूसम्म यस परियोजना को सूचना पुर्याउन मेरो भूमिका उच्चतममा पुर्याउँदैछु।”

कार्यक्रममा स्थानीय संस्थाहरुको तर्फबाट राजेन्द्र वाग्ले, ज्ञानेन्द्र कार्की, बासु भण्डारी, विकास उप्रेती, दिपेन्द्र गुरागाईं, छवि चापागाईं लगायतले समेत संस्थाको उद्देश्य पुरा होस् भन्ने कामना गर्दै सबैमा सहयोगको आग्रह गर्नु भएको थियो।

समाचार : यूएस एण्ड नेपाल पोस्ट

Share720SendTweet450

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
गम्किदे मादलुलाई अर्ग्यानिक लाख प्लसको माया

गम्किदे मादलुलाई अर्ग्यानिक लाख प्लसको माया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।