हाम्रो बारेमा
Monday, May 25, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

सपनाको देशमा ७ औं संस्करणको सफल उडान भर्दै ‘ग्लोबल नेपाली फिल्म अवार्ड’

Reporterclub America by Reporterclub America
August 14, 2024
in अमेरिका विशेष, प्रवास, फोटो फिचर, समाचार
सपनाको देशमा ७ औं संस्करणको सफल उडान भर्दै ‘ग्लोबल नेपाली फिल्म अवार्ड’


सुस्मा देवकोटा


श्रावण २६ गते शनिवार दिउँसो काठमाडौंको बुढालिनकण्ठ १ स्थित लेमन ट्रि प्रिमियर होटल परिसर कलाकर्मी र कला संवद्ध चलचित्र पत्रकारहरुको बाक्लो उपस्थितीले आफैंमा थप कलात्मक देखिन्थ्यो ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा यहि सेप्टेम्बर १५ तारिख आइतबार नेपाली बाहुल्य राज्य अमेरिकाको न्यूयोर्क स्थित क्विन्स शहरमा आयोजना हुँदै गरेको “सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४“ को पत्रकार सम्मेलनमा सहभागी हुन अग्रज देखी समकालिन कलाकर्मीको उपस्थितीले यस अघिका संस्करणको ताजगी पुन दाहोरिरहेकोे भान हुन्थ्यो ।

NEPALI CINEMAM VILLAGE TO GLOBE भन्ने मुल नारा सहित सबैको सपनाको देश अमेरिकामा यस पटक पनि आयोजन हुँदै गरेको अवार्ड समारोहको सातौं संस्करण विषयक शनिवार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ कलाकर्मीहरु निर शाह, बसुन्धरा भुसाल, सुनिल थापा राते काईंला शिव श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, छविराज ओझा, रमेश बुढाथोकी सुरबीर पण्डित, देखी ऋषि लामिछाने, श्वेता खड्का, शिवहरी बैरागी, केदार घिमिरे माग्नेबुढा, यम बराल, लगायतको उत्साहजनक सहभागिता देखिन्थ्यो जस कारण प्रेस मिट आफैंमा एक अग्रज र समकालिन कलाकर्मीको एकताबाट नयाँ पुस्ताको मार्ग सहज बनाउने सेतुका रुपमा प्रतित हुन्थ्यो ।

यसै प्रेस मिटका लागि अमेरिकाबाट नेपाल आएका नवराज केसीको सरल सालिनताले कलाकर्मीमा थप खुसी प्रदान गरेको थियो । केसी नेतृत्वका दुई संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्क ग्लोबल नेपाली फिल्म अवार्डको सातौं संस्करणका स्थानीय मुख्य आयोजक रहेकाले समेत यस अवार्डमा केसीको जिम्मेवारी र चुनौती बलियो देखिन्छ । यो अवार्डको सफलताको बलियो विश्वासको प्रेसर उनिमाथी छ । अवार्ड समारोहको सह प्रायोजकका रुपमा भने Allstate र Rashmi couture रहेका छन् ।

संजोगले सोही दिन बरिष्ठ नायिका शर्मिला मल्लको जन्मदिन समेत परेकाले कार्यक्रममा थप रौनक देखियो । नायिका मल्लको जन्मदिन केक काटेर मनाईरहँदा उनको कलाकारिता योगदानको चर्चा समेत भएको थियो । निरन्तर कला यात्रामा रहेका धेरै कलाकर्मीले अमेरिकामा आयोजना हुँदै गरेको ग्लोवल नेपाली फिल्म अवार्डको चुनौती र महत्वका बारेमा बोल्दै अवार्डको पूर्ण सफलताको कामना गरेका थिए ।

कार्यक्रममा सबैले हाल अमेरिकाको कोलोराडोमा रहँदै आएका कलाकार तथा यस अवार्डका संस्थापक र विस्तारका सारथी नवराज श्रेष्ठलाई कार्यक्रम अवधीभर सम्झना गरिरहेका थिए भने चलचित्र कर्म र राजनितिक यात्रालाई संगै लिएर अघि बढेका बाग्मती प्रदेश सभा सदस्य मदु कुमार श्रेष्ठले पनि यस अवार्डको स्थापना, उदेश्य र योजना संवद्धमा बोल्दै नेपाली चलचित्र क्षेत्रमा आफ्नो सहयोग सदा रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि आयोजना हुँदै आएको ’ग्लोबल नेपाली फिल्म अवार्ड’ का यस अघिका ६ संस्करणहरु सन् २०१६, २०१७ र २०१८ मा कोलोराडोको डेनभर शहरमा साथै २०१९ मा क्यालिफोर्नियाको सान्सफ्रान्ससिस्को शहरमा भव्य रुपमा अवार्ड सम्पन्न भएका थिए ।

विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन नसकेको यस अवार्ड २०२२ मा कोलोराडो र २०२३ न्यूयोर्कमा सम्पन्न भएको थियो ।

शालिन, सभ्य र सुसँस्कृतरुपमा अवार्ड सम्पन्न गर्दै आएको आयोजक टिमले यस बर्ष अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स शहरमा आयोजना गर्दै गरेको सातौं संस्करणका लागि एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजन रहेको छ ।

अवार्डका ग्लोबल चियर मेन नवराज श्रेष्ठ
अवार्डका ग्लोबल चियर मेन नवराज श्रेष्ठ


अवार्ड सम्बन्धमा जारी गरिएको प्रेश विज्ञप्तीमा उल्लेख भए अनुसार अवार्ड कार्यक्रमका प्रमुख उद्देश्यहरु निम्नानुसार रहेका छन्

१. नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनः

क) सफल नेपाली चलचित्रहरु तथा सफल कलाकर्मीहरुलाई प्रोत्साहन गर्दै उनिहरुलाई विदेश भ्रमण गराउनु आफैंमा एउटा नविनतम पुरस्कार र सम्मान हो। यसका साथै अत्यन्त लामो समयसम्म विशिष्ट योगदान पुरÞ्याउने चलचित्रकर्मीहरुलाई पनि सम्मान गर्ने यस कार्यक्रमको आफ्नो परम्परा रहेको छ ।

ख) अमेरिकामा अहिले थुप्रै नेपाली चलचित्रकर्मी वा कलाकारहरु बस्दै आएका छन् । उनीहरु जहाँ रहेपनि नेपाल र नेपाली कलाबाट विमुख छैनन् । कति नेपालमा नै आएर चलचित्र निर्माण, अभिनय, निर्देशन वा गायनमा लागेका छन् भने कतिले त्यहीं नै सो कार्य गरेका छन् । त्यसैले डायस्पोरामा रहेका सक्रिय चलचित्रकर्मीहरुलाई प्रोत्साहित र सम्मानित गर्ने यस कार्यक्रमको अर्को विशेष पक्ष हो ।


२. बजार प्रवर्धनः

संयुक्त राज्य अमेरिकामा लाखौं नेपालीहरु स्थायी वा अस्थायीरुपमा बसोवास गर्दै आएका छन् । के युवा के प्रौढ सबैका माझ नेपाली चलचित्र, कला, संगीत र साहित्य संरक्षण गर्नु चुनौतीपूर्ण कार्य हो । तर, यसप्रकारको कार्यक्रम मार्फत उहाँहरुमा नेपाली चलचित्र र कलामा पुनः अभिरुची जगाउनु एउटा बिशिष्ट उद्देश्य हो । यो हाम्रो सर्वोपरी उद्देश्य पनि हो ।

३. पुनर्मिलनः

संयुक्त राज्य अमेरिकामा सयौं नेपाली कलाकार, कमाकर्मीहरु रहेका छन् । ति कलाकर्मीहरुलाई यस कार्यक्रममा निम्ताएर यहाँबाट गएका कलाकारबीच पुनर्मिलन, भेटघाट र संवाद गराउने प्रमुख लक्ष्य हो। यसबाट उहाँहरुले अहिले नेपाली चलचित्र उद्योगबारे जानकारी लिने गर्नुहुन्छ ।

४. चलचित्र पर्यटनः

नेपाललाई विदेशीहरुमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार वा परिचित गराउनु पनि यस कार्यक्रमको महत्वपूर्ण लक्ष्य हो । सो कार्यक्रममा विगतमा पनि हलीउडका निर्माता निर्देशकहरुलाई निम्ताउने गरिएको मात्र होइन, मन्चमा नै नेपाली वा विदेशी गीतमा विदेशीहरुबाट नृत्य प्रस्तुत पनि गरिएका उदाहरणहरु हामीमाझ छन् ।

विदेशमा आयोजना हुँदै आएको नेपाली अवार्ड मध्य सबै भन्दा प्रतिष्ठित अवार्ड ग्लोबल नेपाली फिल्म अवार्ड युएसए बनेको हुँदा पनि यस अवार्ड कार्यक्रमले सिंगो देशको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रलाई फराकिलो बनाएको छ । नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि पनि यो अवार्ड महत्वपूर्ण रहेको छ।

Share661SendTweet413

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
ओक्लाहोमा घु्म्न गएका टेक्सासका ४ नेपाली मध्य १ युवाको टर्नर फल्समा मृत्यु: घाईते युवतीको उपचार हुँदै

ओक्लाहोमा घु्म्न गएका टेक्सासका ४ नेपाली मध्य १ युवाको टर्नर फल्समा मृत्यु: घाईते युवतीको उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।