गत सोमबार साँझ अमेरिकाको अक्लोहमा स्थित टर्नर फल्समा घाईते भएकी शुरक्षा घिमिरे ‘श्वेता’को उपचार सहयोगार्थ गो फण्ड संचालन गरिएको छ । टर्नर फल्समा पौडी खेल्ने क्रममा एक नेपाली विद्याथीले ज्यान समेत गुमाएको यस अप्रिय घटनामा गम्भिर घाईते भएकी २१ बर्षिया घिमिरेको आईसीयुमा राखेर भै रहेको उपचार खर्च जुटाउन टेक्सासबाट गो फण्ड संचालन गरिएको हो ।
यतिवेला टेक्सोमा मेडिकल सेन्टरको आईसीयु कक्षमा उपचाररत घिमिरेको उपचारका लागि आवश्यक खर्च जुटाए्र उनको ज्यान बचाउने उदेश्यले सहयोगको आग्रह सहित गोफण्ड संचालन गरिएको हो ।
नेपाली समाज टेक्सासले यस विषयमा जानकारी गराउँदै आएको छ भने उपचारत घिमिरेको सहयोगका लागि नेपाली समुदायसंग आग्रह पनि गरेको छ ।
नेपालको झापा घर भै हाल टेक्सासको ड्यालस कलेजमा अध्यनरत उनि यस अघि ओक्लोहमाको केन्द्रिय विश्वविद्यालयमा अध्ययनरत थिईन् । टेक्सास आएपछि आफ्नो सामान लिन साथीहरु सहित ओक्लोहमा पुगेकी घिमिरे सहितको ४ जनाको समुह फर्कने क्रममा टर्निङ फल्स घुम्न गएका थिए ।
यस घटनामा परि नेपाल बुटवल मणिग्राम घर भै हाल टेक्सासको नर्थलेक कलेजमा अध्ययनरत कोशल पराजुलीले ज्यान गुमाएका छन् । शुरक्षा घिमिरे सहित ३ युवती र मृतक पराजुली टेक्सास फर्कने क्रममा टर्नर फल्स पुगेका थिए ।
आईसीयुमा उपचाररत शुरक्षा घिमिरेको सहयोग गर्न चाहनेले तलको लिंकमा क्लिक गर्नुहोस् ।