अमेरिकाको न्युह्यमसरमा नेपालका चर्चित कलाकारहरुले एक साथ प्रस्तुती दिने भएका छन् । न्युह्यमसरको मेन्चेस्टरमा यहि सेप्टेम्बर ६ शुक्रबार राती चर्चित कलाकार अञ्जली अधिकारी, गायिका मिलन नेवार, गायक खेम सेन्चुरी र प्रस्तोता राधिका कडेलले एकसाथ आफ्नो प्रस्तुती दिने भएका हुन् ।
तिज विषेश बबाल ईभेन्ट नामक यस कार्यक्रम न्युह्यमसरमा ख्यातिप्राप्त कलाकारकर्मी सहभागी आज सम्मकै बृहत कार्यक्रम भएको पनि बताईएको छ । शुक्रबार साँझ ८ बजेबाट सुरु भएर मध्यरात १२ बजे सम्म चल्ने यस तिज विषेश कार्यक्रममा सहभागीताका लागि अनलाईन रजिस्ट्रेसन फर्म खुल्ला गरिएको छ ।
प्रवेश शुल्क ४० डलर रहेको कार्यक्रममा गायक गायिकाहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् भने कमेडियन शो समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सहभागीले आफुलाई ईच्छा लागेको कुरा किनेर खानको लागि केएस किचनले विषेश परिकार सहितको क्यान्टिन संचालन गर्नेछ ।
न्यु ह्यामसरमा नेपालीहरुको बाक्लो बसोबास बढ्दै गएपटि नेपाली कला तथा संगीत संवद्ध बृहत कार्यक्रमको माग पनि बढ्न थालेको छ । तिज विषेश यस कार्यक्रमलाई लिएर सो क्षेत्रका नेपालीहरु उत्साहित देखिएका छन् ।
कार्यक्रमबाट राम्रो रकम संकलन भएमा नेपाल तथा अमेरिकामा अप्ठ्यारो अवस्थामा परेका नेपालीको सहयोगका खर्च गरिने लक्ष्य राखेको आयोजक कमिटीलेमेन्चेस्टरमा निधन भएका ३ बर्सिय बालकको परिवारलाई सहयोग स्वरुप १ हजार डलर चाँडै नै प्रदान गरिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।नेपाली मौलिक संस्कार, संस्कृती र संगीतको पर्व तिजको अवसर पारेर आयोजना हुन लागेको यस कार्यक्रममा महिला सहभागीहरु अझ धेरै सहभागिता रहने अपेक्षा गरिएको छ । जसका लागि नेपाली समुदायलाई आयोजक कमिठीले आग्रह पनि गरेको छ ।
सहभागी हुन चाहनेहरुका लागि अनलाईन रजिस्ट्रेसन फर्म खुल्ला गरिएको छ ।
जसका लागि तलको लिंकमा जानुहोस् ।







