तनहुँको मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको बसका यात्री मध्य अहिले सम्म २७ जनाको मृत्यु भएको छ । भारतिय यात्रु सवार बस शुक्रबार आँबुखैरेनी गाउँपालिका ४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खस्दा ठुलो संख्यामा मानविय क्षति हुन पुगेको हो ।
युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो । ४३ यात्रु सवार बसका १६ जना यात्रु घाईते । जसमध्य सबैको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

आज बिहान साढे ११ खसेको सो बसमा चालक दल सहित सबै यात्रु भारतिय नागरिक रहेका थिए । गोरखपुरबाट नेपाल आएको बसले गएको मङ्गलवार बेलहिया नाकाबाट आठ दिनको रुट परमिट लिएको थियो ।
घाइते भएका मध्य दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको पछि थप ४ जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो।
नदीमा खसेको बस नदी किनारमा अड्किएको छ । अहिले अँध्यारो भएकाले दुर्घटनामा परेको बस शनिबार मात्रै निकाल्ने तयारी रहेको छ ।
