टेक्सासमा आईतबार जित विशेष साँगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाली समाज टेक्सास (एनएसटी) र ईन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा अगष्ट २५ तारिक आईतबार टेक्सासको अर्लिगंटनमा तिज विषेश कार्यक्रमको आयोजना हुने भएको हो ।
आईतबार मध्यान्न ४ बजेबाट सुरु हुने कार्यक्रममा डिजे सहितको प्रस्तुती रहेको छ भने दरका रुपमा नेपाली मौलिक परिकारहरुको व्यवस्था रहेको छ ।
प्रवेश शुल्क २५ डलर तोकिएको कार्यक्रममा धेरै भन्दा धेरै महिला सहभागिताको लक्ष्य राखिएको छ भने मौलिक तथा आत्मिक पर्व तिजका अवसरमा आयोजित यस कार्यक्रमका सहभागि हुनका निम्ती आयोजक कमिटीले टेक्सासको नेपाली समुदायलाई अनुरोध पनि गरेको छ ।







