अमेरिकाको न्यूयोर्कमा रहेका राप्तीबासी नेपालीहरुको साझा संस्था राप्ती समाज न्यूयोर्कले तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले चर्चित लोक गायक, गायिकाहरुको साथमा मौलिक पर्व तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।
गायिका आशा पुन मगर तथा गायकद्वय तिलक वली र दिपेन्द्र डाँगीको साथमा साँगीतिक प्रस्तुती सहितको यस कार्यक्रममा सहभागिताका लागि आयोजक संस्था ्राप्ती समाज न्यूयोर्कले न्यूयोर्कबासी नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा अनुरोध पनि गरेको छ ।








