अमेरिकाको टेक्सासमा नेपाली चेलीको गोली हानी हत्या भएको छ । टेक्सासको ह्युस्टनमा बसोबास गर्दै आएकी नेपाली विद्यार्थी मुना पाण्डेको आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।
नेपालको भोजपुर घर भै तिन बर्ष पहिले मात्र विद्यार्थी भिषामा अमेरिका आएकी २१ बर्षया पाण्डे टेक्सासको कम्यूनिटी कलेजमा अध्यनरत थिईन् ।
शनिवारबाट फोन सम्पर्कमा नआएकी पाण्डेको शव सोमबार उनको ह्युस्टन स्थित वेष्ट एरपोर्ट ब्लु वर्डमा गोली हानी हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

केही साता यता सामाजिक संजालमा भर्जिनियाको मनासस निवासी ममता काफ्लेको खोजि र अन्तत हत्याको घटनाले अमेरिका सहित विश्व नेपाली समुदाय विछिप्त बनिरहेको अवस्थामा फेरी अर्की नेपाली चेली आफ्नै घरभित्र गोली लागि मृत फेला पर्नुले टेक्सासको नेपाली समुदायमा अर्को आशंका खडा गरेको छ । किनकी सम्पर्क बाहिर रहेको ३ दिन पछि मृत फेला परेकी उनको हत्या कसले र किन गर्यो पत्ता लाग्न सकेको छैन । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
मुनाको हत्याप्रति उनका साथीहरुले गहिरो दुख ब्यक्त गरेका छन् । उनकी पूर्व रुपमेट ंवरुशा निरौलले उनको न्यायको माग गर्दै अत्यन्त चुलबुल र खुस मिजास स्वभावकी मुनाको हत्याको न्यायिक छानविनकोे माग गरेकी छन् भने उनका धेरै साथीहरुले हत्याराको खोजिका लागि दवाव दिएका छन् ।सबैलाई खुसी बनाउन सक्ने दयालु स्वभावकी मुनाको हत्या अभियुक्तलाई सजाय नहुदासम्म आफुहरु चैनले बस्न नसक्ने भन्दै छानविनका लागि माग गरेका छन् ।
