हाम्रो बारेमा
Friday, September 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

नेपाल आईडल, ‘सामी-सामी’ हुँदै आदित्य नारायणसंगको सहकार्य

Reporterclub America by Reporterclub America
August 28, 2024
in कला\साहित्य, मनोरञ्जन, रिपोर्टर्स खोज
नेपाल आईडल, ‘सामी-सामी’ हुँदै आदित्य नारायणसंगको सहकार्य

सुष्मा देवकोटा

केही दिन अघि मात्र नेपालका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । कलाकार श्रेष्ठको स्वर तथा अभिनयमा रहेको “पिर्लुङ पिपिरी” बोलको गीतमा उनिसँगै युगल आवाज तथा कलाकार श्रेष्ठकी छोरीको भूमिकामा सँगै अभिनय गरेकी सुन्दरी गायिकाको नाम हो सदीक्षा कट्टेल ।

नेपाली साङ्गीतिक रियालिटी शो नेपाल आईडल सिजन -२ बाट नै चर्चामा आएकी गायिका सदीक्षा नेपाल आईडल सिजन -३ बाट थप चर्चा सहित नेपाली साङ्गीतिक क्षेत्रमा उदाएकी गायिका हुन् । जसको स्वरसँगै सौन्दर्यको चर्चा उनलाई देख्ने जो कोहिले गर्दछन् । उनि नेपाल आईडल सिजन २ मा जाँदाबाट नै सुन्दरी गायिकाको ट्याग सहित चर्चामा आएकाले धेरै प्रशंसकहरुको चाहना पनि थियो सदिक्षालाई अभिनयमा देख्ने । दर्शकको चाहना अनुरुप उनले मदन कृष्ण श्रेष्ठसँगको पहिलो अभिनयबाट आफुलाई कला क्षेत्रको थप श्रृंखलामा जोडेकी छन् ।

बुवा अविकेशर कट्टेल र आमा लिला कट्टेलकी सन्तानको रुपमा विराटनगरमा जन्मिएकी गायिका सदीक्षा उनकी दिदी समिक्षा कट्टेलको विश्वासको नतिजा हुन् । सानी सदीक्षाका लागि गायन उनको संभावना र दिदीको सपना थियो जतिबेलाबाट उनले गाउन सुरु गरिन् । संगीतमा गहिरो लगाव भएकी उनकी दिदीले आफु भन्दा सानी सदीक्षालाई स्कुलका स्टेजमा उभ्याउन गरेको मेहनतको नतिजा हुन्, देशका चर्चित रियालिटी शो हुँदै कयौँ सम्मानित स्टेजमा उभिएकी आजकी गायिका सदीक्षा कट्टेल ।

सानैबाट आफु भन्दा ठुला दाई दिदीबाट राम्रो गाउने बहिनी भनेर प्रशंसा कमाउँदै अघि बढेकी सदीक्षाको प्रशंसा आज देश विदेशमा रहेका ख्यातिप्राप्त कलाकर्मीहरुले गरिरहँदा उनको परिवार र उनकी संगीत सारथी दिदी समिक्षा अझ धेरै खुसी देखिन्छन् ।

अहिले सम्म फुलबारी, जय हो, लाखे, दयारानी र ह्रश्व दीर्घ गरी ५ वटा नेपाली चलचित्रका गीतमा आवाज भरेकी सदीक्षाले विभिन्न विधा अन्तर्गत रहेर १०० भन्दा माथिको संख्यामा गीतहरु गाएकी छिन् ।
सर्वाधिक सफल मध्येको एक दक्षिण भारतिय चलचित्र पुष्पाको बहु-चर्चित गीत सामी सामीको कभर गरेकी उनको आवाजको तारिफ भारतिय कलाकर्मी र श्रोताहरूले समेत गरेका थिए । सो गीतमा उनको सौन्दर्य र गायनको संयोजनले ठुलो तारिफ बटुलेको थियो । जसको फलस्वरुप केही समय अघि मात्रै चर्चित बलिउड कलाकार आदित्य नारायण झासँग उनको सहकार्य भएको छ । आदित्य नारायण र सदीक्षाको आवाजमा रहेको गीत सार्वजनिकको तयारीमा रहेको छ ।

भर्सटाईल सिङ्गरको छवि बनाएकी सदीक्षाले हाल सम्म नेपाली बाहेक भोजपुरी मैथिली, हिन्दी गीतहरुमा आवाज भरेकी छन् । नेपाली लोक आधुनिक, पप, सेमी क्लासिकल, क्लासिकल, आईटम, कौडा, टप्पा सबै खालका गीतहरु गाउन सक्ने खुवि भएकी सदीक्षाले अहिले सम्म नेपालका प्रसिद्ध गायक तथा संगीतकर्मीहरुसँग काम गरेकी छन् । यम बराल, आलोक श्री, राजु लामा, राजनराज सिवाकोटी, काली प्रसाद बास्कोटा, मदन कृष्ण श्रेष्ठ लगायतका गायकहरुसँग सहकार्य गरेकी उनको आवाजको पकड सबै प्रकारका गीतमा देखिन्छ ।

नेपाल आईडल पछि रेकर्ड भएको उनको पहिलो गीत फर्कि फर्कि नै सर्वाधिक सफल भएपछि उनको आवाजको अन्दाज नेपाली साँगीतिक क्षेत्रमा प्रभाव सहित स्थापित भएको हो । गायक नविन रावलसँगको युगल आवाजमा रहेको यो गीत करोड क्लवको सफल यात्रा पार गर्दै १ करोड ६० लाख माथिका दर्शक र हजारौँ सकारात्मक प्रतिकृया समेट्न सफल गीत हो । तर यो गीत औपचारिक गायनका हिसावले उनको पहिलो गीत भने होईन । उनी नेपाल आईडलमा आउनु अघि नै उनको तिहार विशेष गीत रेकर्ड भै सकेको थियो ।

अहिले जस्तो सोसियल मिडियाको विस्तार भै नसकेको समयमा जन्मिएकी सदिक्षाले रेडीयो र टेलिभिजनमा बज्ने अग्रज गायक गायिकाको आवाजको सुर र लयमा आफुलाई समाहित गरेकी हुन् । औपचारिक संगीत शिक्षा नलिएकी उनको आवाजको जादुले उनको खुबिलाई दर्साउ्रँछ ।

वि सं २०७० सालमा आफ्नो थप अध्ययन र संगीतलाई संगै लिएर विराटनगरबाट काठमाडौं आएकी सदिक्षाको वितेका १० बर्षलाई फर्केर हेर्दा उनको प्राय सबै समय संगीतकर्ममा नै बितेको देखिन्छ ।
फर्की फर्की, माया रैछ र, चोरी चोरी, उठेर नाचिस्व लगायतका दजनौं गीत उनलाई चिनाउन मद्यत गरेका गीतहरु हुन् । हरेक गीतहरुले आ आफ्नै भाग्य लिएर जन्मेका हुन्छन् भन्ने विश्वास राख्ने गायिका सदिक्षाका यस बर्ष पछि केही गीतहरु सार्वजनिक भै सकेका छन् भने विभिन्न संगीतकर्मीसंगको सहकार्यमा नयाँ गीतहरु पनि रेकडिङ र सार्वजनिकको तयारीमा रहेका छन् ।

Share768SendTweet480

सम्बन्धित खवर

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक

by Kishan Regmi
September 7, 2026
0
1.5k

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘काले तल तल भो’ सार्वजनिक भएको छ। गायक सञ्जु न्यौपानेको स्वरमा रहेको यस...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
अस्पतालको शैयामा मृत्युसंग लडिरहेका श्रीरामलाई बचाउन अपिल

अस्पतालको शैयामा मृत्युसंग लडिरहेका श्रीरामलाई बचाउन अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।