सर्लाही जिल्लाको कबिलासी नगरपालिकका-३ वीरनगरा टोलका श्रीराम यादव करिव एक महिना देखी प्राणघातक प्यारालाईसिसका कारण अस्पतालको शैयामा मृत्युसंग लडिरहेका छन् । स्थानिय बिजुली रायका छोरा श्रीराम थप उपचारका लागि आर्थिक कठिनाई सृजना भएपछि परिवारले उनको उपचार सहयोगार्थ सहयोगको अपिल गरेको हो ।
करिव १ महिनादेखी काठमाडौंको विर अस्पचालमा उपचाररत उनको परिवारको आर्थिक अवस्था पहिले नै नाजुक भएको र ऋणधन गरेर ल्याएको पैसा समेत सकिएपछि श्रीरामलाई बचाउन कठिन परेको परिवारले बताएको छ ।
श्रीरामको अवस्था देखेकाहरुले समेत उनको सहयोगको लागि देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई अनुरोध पनि गरेका छन् । जसका लागि श्रीरामका भाई सुशिल यादवको ईसेवा नम्बर पनि सार्वजनिक गरिएको छ ।
सहयोग गर्न चाहनेहरुहरुले तलको नम्बरमा सम्पर्क गर्नुहोस्
सुशिल यादव
Esewa Number:- 9808750410
