हाम्रो बारेमा
Saturday, August 1, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

मुक्तकमणि तीर्थराजसँग साक्षात्कार तथा ‘सारवत्’ परिचर्चा सम्पन्न

Reporterclub America by Reporterclub America
September 1, 2024
in कला\साहित्य, समाचार
मुक्तकमणि तीर्थराजसँग साक्षात्कार तथा ‘सारवत्’ परिचर्चा सम्पन्न


– माधव घिमिरे ‘अटल’

मुक्तककार तीर्थराज अधिकारीकृत दशौँ कृति तथा पछिल्लो मुक्तकसङ्ग्रह ‘सारवत्’को राजधानीमा विशद परिचर्चा सुसम्पन्न गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा आयोजित सो समारोहमा प्रमुख अतिथि विख्यात साहित्यकार ज्ञानुवाकर पौडेलले ‘सारवत्’ मुक्तकसङ्ग्रहमा शब्द, शिल्पको विशेष प्रयोग भएको भन्दै मुक्तकण्ठले अधिकारीको सराहना गरे । अधिकारीको काव्य कुशलतालाई छिनो र हतौडाको चोट स्विकारेर बनेको आकर्षक मूर्तिको दृष्टान्त दिँदै त्यस्तो मूर्तिलाई मात्र देवलमा बसी भक्तहरूबाट पुजिने अवसर मिल्ने बताए । अस्वस्थ आलोचनालाई समेत शमन गर्ने सामर्थ्य भएकैले अधिकारी बखानलायक मुक्तककार भएको उनको दाबी थियो ।

यसरी नै चर्चित एवम् खरो समालोचकको गर्विलो स्थान बनाएका प्रा.डा. लक्ष्मण गौतमले विकृति र विसङ्गति विरुद्ध कडा प्रहार, शृङ्गारिक पाटोमा उदात्तता, भावनामा विशालता तथा सिर्जनामा गाम्भीर्य अधिकारीको वैशिष्टय भएको उल्लेख गर्दै पश्चिमी सभ्यताबाट मुक्तकको संरचना आएको हल्ला निराधार भएको उनको कथन थियो । यतिमात्र नभई दर्शनशास्त्रीय दृष्टिले समेत ‘सारवत्’ अब्बल भएको उनको तर्क थियो ।

युवा समालोचक तथा साहित्यकार महेश पौड्यालले अधिकारीका मुक्तकमा जीवन-दर्शन, नैतिक मूल्य, प्रेम र प्रणय भएको अवगत गराउँदै राजनीतिक विकृति विरुद्ध भने निर्मम व्यङ्ग्य प्रहार भएको बताए ।

त्यसरी नै कवि तथा समीक्षक लीला लुइटेलले ‘सारवत्’ क्रान्तिकारी र मानवतावादी मात्र नभई प्रकृति, अध्यात्म र प्रेमको त्रिवेणी भएको राय व्यक्त गरिन् । लुइटेलले मुक्तक सुललित एवम् सुन्दर सजावटको संयोजन समेत भएको तर्क गरिन् ।

मुक्तकमणि तीर्थराज अधिकारीले रचना-गर्भबारे चर्चा गर्दै ‘सारवत्’ अब सार्वजनिक सम्पत्ति भइसकेको विचार अभिव्यक्त गरे । उनले अनेसास नेपाल च्याप्टर लगायत सघन तथा गरिमामय उपस्थितिप्रति सबैमा हार्दिक कृतज्ञता प्रकट गरे ।

उक्त कार्यक्रममा विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ मार्क्सवादी चिन्तक तथा स्तम्भकार नरेन्द्रजङ पिटर, प्रा.डा. रामप्रसाद दाहाल, मुक्तक मञ्चका अध्यक्ष रामकाजी कोने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, मूर्धन्य लघुकथाकार खेमराज पोखरेल, मुक्तक अभियन्ता सुनिल अधिकारी, अनुवादक भोजराज न्यौपाने, साहित्यकारहरू माधव बिडारी, प्रतीक घिमिरे, नवीन पल्लव, निबन्धकार श्रीबाबु कार्की, पत्रकार जयराम बिडारीलगायत लब्ध-प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले आगन्तुक तमाम अभ्यागतहरूलाई धन्यवाद ज्ञापन गर्दै बिट मारेको कार्यक्रममा स्वागत मन्तव्य मन्जिला अनिलले दिएकी थिइन् भने सहजीकरण मुक्तककार निर्मलरमण पराजुलीले गरेका थिए ।

Share620SendTweet387

सम्बन्धित खवर

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

by Kishan Regmi
April 4, 2026
0
1.5k

काठमाडौं — नेपाली गायिका सारिका घिमिरेको नयाँ गीत “गुण भुलेउ २ साईला दाई” सार्वजनिक भएको छ। अघिल्लो चर्चित गीत “गुण...

Next Post
मेरिल्याण्डमा पनि एक नेपाली अपार्टमेण्ट भित्र मृत फेला

मेरिल्याण्डमा पनि एक नेपाली अपार्टमेण्ट भित्र मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।