ममता काफ्लेको मुद्धाको सुनुवाई आज सेप्टेम्बर १३ तारिकका दिन हुने भएको छ । विश्वभरबाट सुनुवाईको न्यायिक प्रतिक्षा गरिएको यस मुद्धाको एक सुनुवाई आज हुने जानकारी मनासस पार्क प्रहरी चौकीले सुचना जारी गर्दै जानकारी दिएको हो ।
जारी सुचनामा उल्लेख भए अनुसार आजको सुनुवाई पछि अर्को सुनुवाई १६ तारिक हुनेछ । ममताको घरमा फेरी अनुसन्धान गरेको जानकारी गराएको प्रहरी बिभागले पछिल्ला केही दिनहरूमा गुप्तचरहरूले नयाँ जानकारी प्राप्त गरेको समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । सो जानकारी उल्लेख नगरेको भएपनि नयाँ जानकारी प्राप्त गरेकोले पुन घरमा अनुसन्धान गरिने निश्चित भएकाले घटना र सुनुवाईबारे सबैमा थप कौतुहलता थपिएको छ ।
प्रिन्स विलियम काउन्टी प्रहरी फोरेन्सिक बिभागको सहयोगमा मनासस पार्क प्रहरी चौकीले गत सेप्टेम्बर १२ बिहिबारका दिन मनासस स्थित हेदर कोर्टमा रहेको ममताको घरमा अर्को खोज अधिकार पत्र पूर्जी (वारेन्ट )कार्यान्वयन गरेको जनाएको छ ।
विभागले अझै पनि २८ जुलाई, २०२४ र अगस्त ५, २०२४ बीचमा नरेश भट्टसँग सम्पर्क गर्ने वा कुरा गर्ने जो कोहीलाई मनासस पार्क प्रहरी विभागको ठण्घ–घटज्ञ–ज्ञज्ञघट मा सम्पर्क गर्न अनुरोध गरिरहेको बिज्ञप्तिमा समुदायलाई आह्वान गरेको छ ।