यस बर्षको मिसेस युएसए टुरिज्म २०२४ को उपाधी राजश्री श्रेष्ठले प्राप्त गर्न सफल भएकी छन् । हरेक बर्ष अमेरिकामा आयोजना हुदै आएको मिसेस युएसए टुरिज्मको यस बर्षको संस्करणमा बेस्ट स्माईलको उपाधी सहित सबै प्रतिस्पर्धिलाई पछि पादै मिसेस युएसए टुरिज्मको ताज हात पार्न सफल भएकी हुन् ।
सेप्टेम्बर १३ शुक्रबारका डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्समा आयोजित समारोहमा शिर्ष घोषणा भएसंगै श्रेष्ठले २०२४ का लागि युएसए पर्यटन मानव अधिकार सद्भावनादूतका रुपमा काम गर्ने मौका पनि प्राप्त गरेकी छन् ।
विवाहित महिलाहरुले मात्र सहभागिता जनाउन पाउने यस प्रतिस्पर्धात्मक प्रतियोगितामा श्रेष्ठ एकमात्र नेपाली प्रतियोगीका रुपमा रहेकी थिईन् । जो यस अघि पनि मिसेस वाशिंगटन डिसी २०२४ की बिजेता हुन् ।
कार्यक्रम प्रस्तोता ,नृत्य प्रशिक्षक र रेडियोकर्मी समेत रहेकी श्रेष्ठले उपाधी प्राप्त गरे लगत्तै यस उपाधी हासिल गर्न सहयोग पुर्याउने नेपाली समुदायप्रति आभार व्यक्त गरेकी छन् ।
नेपाली कलाकार समेत रहेकी श्रेष्ठ बलिउड चलचित्रमा समेत प्रवेस पाएकी कलाकार हुन् उनि मुख्य भुमिकामा अभिनित अमेरिकामा निर्माण भएको बलिवुड चलचित्र मिराकल बहु प्रतिक्षित चलचित्र हो ।
