हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

गुल्मेली चौतारी टेक्ससको विविध प्रस्तुति सहित कार्यक्रम सम्पन्न

Kishan Regmi by Kishan Regmi
October 22, 2024
in अमेरिका विशेष
गुल्मेली चौतारी टेक्ससको विविध प्रस्तुति सहित कार्यक्रम सम्पन्न

अर्जुन न्यौपाने , अक्टोवर २१ टेक्सस

गुल्मेली चौतारी टेक्सास अमेरिकाले विविध मौलिक साँस्कृतिक प्रस्तुति सहित टेक्ससको युलेसमा वनभोज कार्यक्रम अक्टोवर २० आईतबार सम्पन्न गरेको छ । कार्यक्रममा नेपालको गुल्मी जिल्लासँग सम्बन्धित विभिन्न मौलिक परम्पराका प्रस्तुतिहरु सराँय नाच, खुँडा पट्टा नाच , पन्चे बाजा, लोक भजन कीर्तन, लोक नृत्य ,डोरी तानातान, तातो आलु, चिट्ठा एवम् बालबालिकाको लागि बाउन्स हाउस् जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएको कार्यक्रमका संयोजक दिपक भण्डारीले जानकारी दिनुभएको छ ।


टेक्ससमा रहेका विभिन्न नेपाली समुदायका संघ संस्थाहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो ।कार्यक्रममा संस्था प्रतिनिधिको तर्फबाट नेपाली समाज टेक्सस NST का अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समुदायबीच मौलिक कार्यक्रम हुनु नयाँ पुस्ताका लागि पनि महत्वपूर्ण हुनुका साथै NST ले समेत यस खालका कार्यक्रम गर्दै गईरहेको र आपसमा सहकार्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनु भएको थियो । गुल्मेली चौतारी टेक्ससका परिकल्पनाकार सूर्य थापाले यो वनभोज कार्यक्रम खानाका लागि मात्र नभएर गुल्मी जिल्लाको समग्र पहिचानको जानकारी, सांस्कृतिक मौलिकताको विविध प्रस्तुतिका साथै गुल्मेली परिवेशको दर्पण प्रदर्शन समेत रहेको बताउनु भयो । हरेक वर्ष यसरी नै गुल्मेली चौतारीले नयाँ पुस्तालाई समेटेर कार्यक्रम गर्ने जसले गर्दा भावी पिंडीमा समेत संस्कृति हस्तान्तरण हुने कुरामा थापाले जोड दिनुभयो । साँस्कृतिक विभाग अन्तरगत रहेर टेक्ससका विभिन्न कार्यक्रमहरुमा प्रस्तुत दिने हरि थापाले साँस्कृतिक कार्यक्रमबाट मनोरन्जनका साथमा व्यक्तिको मनोस्फूर्तीको बढ्नुका साथै सकारात्मक उर्जाको उपचार समेत हुने बताउनु भयो ।

कार्यक्रममा आयोजकको तर्फबाट सहभागीलाई निःशुल्क नेपाली परिवेशको खाना खुवाईएको थियो । दशैंको सेरोफेरोमा गुल्मी जिल्लामा विभिन्न बाजागाजा सहित नाचिने सराँय नाचको प्रस्तुतिले साच्चिकै गुल्मीमै पुगेको अनुभूति भएको सहभागीहरुले व्यक्त गरेका थिए । पाँचसयभन्दा बढी सहभागी रहेको कार्यक्रमको साहित्यक गजलका साथमा संयोजक दिपक भण्डारीले स्वागत गर्नुभएको थियो भने संचालन कुशल वक्ता सूर्य थापाले गर्नुभएको थियो ।

सराय नाच एवं पट्टा वा खुँडा नाच :
✍️दिपक भण्डारी
( कार्यक्रम संयोजक)
गुल्मी जिल्ला नेपालको पहाडी क्षेत्रको एक ऐतिहासिक र सांस्कृतिक रूपले सम्पन्न जिल्ला हो। यस जिल्लामा प्रचलित धेरै सांस्कृतिक परम्पराहरू मध्ये एक प्रमुख परम्परा सराय नाच हो। यो नाचलाई गुल्मीको मौलिक पहिचान मानिन्छ, जसले स्थानीय समुदायको जीवनशैली, संस्कार, र परम्परालाई जीवन्त राख्न ठूलो भूमिका खेल्दै आएको छ।
यो नाचको मूल उद्देश्य समुदायको एकता, सद्भाव, र खुशी व्यक्त गर्नु हो। दशैको अवसरमा गाउँभरिका मानिसहरू जम्मा भई, एक साथ यस नाचलाई प्रस्तुत गर्ने चलन छ। यसले मानिसहरूलाई सामाजिक रूपमा नजिक ल्याउने मात्र होइन, मनोरञ्जनको एक माध्यमको रूपमा पनि ठूलो महत्व राख्दछ।


दशैंको अवसरमा यहाँका विभिन्न सांस्कृतिक नृत्यहरू विशेष रूपमा प्रस्तुत गरिन्छन्, जसमा पट्टा नाच (खुडा नाच) प्रमुख रूपमा रहेको छ। यो नाच स्थानीय समुदायको वीरता, साहस, र सांस्कृतिक धरोहरको प्रतीक हो। पट्टा नाचलाई खुडा नाचको रूपमा पनि चिनिन्छ, किनकि यस नाचमा सहभागीहरू खुकुरी जस्तै धारिलो हतियार वा लठ्ठी बोकेर नाच्छन्।
दशैं एक शक्ति र विजयको पर्व हो र यसमा शक्तिका देवी दुर्गाको पूजा गरिन्छ। यो पर्वले असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ, र पट्टा नाचले यही भावनालाई झल्काउँछ। दशैंको बेला यो नाच प्रस्तुत गर्नुको अर्थ सामूहिक साहस, वीरता, र गाउँको सुरक्षाको प्रतीकको रूपमा पुरानो परम्परालाई सम्मान गर्नु हो।


पट्टा नाच एकल वा सामूहिक रूपमा प्रस्तुत गरिन्छ, जहाँ सहभागीहरूले हातमा खुकुरी, लठ्ठी, वा पट्टा जस्ता हतियार लिएर बाजाको तालमा नाच्दछन्। यो नाचको संरचना एकदमै अनुशासित हुन्छ ।
नाचको क्रममा पञ्चे बाजा बजाईन्छ। यी बाजाहरूको धुनमा पाउहरूको ताल मिलाएर मानिसहरु नाच्छन्। नाचको दौरानमा गाइने गीतहरू पनि लोकधुन र स्थानीय शैलीमा गाइन्छ, जसले नाचलाई अझ जीवन्त र आकर्षक बनाउँछ।


सराय नाचको गति धिमीबाट सुरु भएर क्रमशः तीव्र हुँदै जान्छ। यसले नाचलाई थप रोमाञ्चक र शक्तिशाली बनाउँछ। गीतहरूमा समाजको विविध पक्षलाई उजागर गरिन्छ, जसमा वीरताको प्रशंसा, सामाजिक विषयवस्तु, र प्राकृतिक सौन्दर्यको बखान गरिएको हुन्छ।
सराय नाच मात्र मनोरञ्जनको साधन नभई सामूहिक भावना र एकताको प्रतीक पनि हो। यस नाचले स्थानीय समुदायमा सद्भाव, सहकार्य, र भाइचाराको भावनालाई बलियो बनाउन मद्दत पुर्‍याउँछ।

Share689SendTweet431

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो , ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

त्रिवेणी साहित्य मञ्चद्वारा ह्यारिसबर्गमा देउसी भैलो , ११६ औं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।