हाम्रो बारेमा
Tuesday, August 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

आप्रवासी नेपाली गीतकार संघ (INLA), अमेरिकाको प्रथम वार्षिक महोत्सव ओहायोमा सम्पन्न

Kishan Regmi by Kishan Regmi
February 9, 2025
in अमेरिका विशेष, सबै समाचार
आप्रवासी नेपाली गीतकार संघ (INLA), अमेरिकाको प्रथम वार्षिक महोत्सव ओहायोमा सम्पन्न

अर्जुन प्रधान Feb 5,

नेपाली भाषा, साहित्य, संस्कृति, र कलाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित आप्रवासी नेपाली गीतकार संघ (INLA), अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सबर्गमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गीतकार हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त महोत्सवमा नेपालका वरिष्ठ चलचित्रकर्मी एवं विशिष्ट गीतकार नीर शाह प्रमुख अतिथि रहनुभएको थियो।

 

संस्थाका संरक्षक एवं लोकप्रिय गीतकार ज्ञानेन्द्र गदाल, नेपालबाट आउनुभएका वरिष्ठ गीतकार भुषण खरेल, समाजसेवी डा. दामोदर पौडेल, मुकेश सिंह, वरिष्ठ साहित्यकार गंगाराम लामिटारे लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण रह्यो। कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गर्ने नेपाली भाषी साहित्यकार, गीतकार, र संगीतकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

 

नेपालबाट विशेष निमन्त्रणामा आउनुभएका नीर शाह र भुषण खरेलको उपस्थितिले समारोहलाई अझ गौरवमय बनाएको थियो। महोत्सवको शुभारम्भ माता सरस्वतीको पूजा-अर्चना द्वारा गरिएको थियो। विभिन्न सांस्कृतिक प्रस्तुति, साहित्यिक रचनाहरूको वाचन, नयाँ कृतिहरूको लोकार्पण, तथा INLA को प्रथम प्रकाशन ‘नेपाली मूल: प्रीतिको फूल’ (संयुक्त गीत संग्रह) को विमोचन कार्यक्रमका मुख्य आकर्षण थिए ।

बिगत चार दशकदेखि गीत लेखनमा सक्रिय गीतकार ज्ञानेन्द्र गदालको नाममा स्थापित ‘INLA-ज्ञानेन्द्र गदाल गीत सम्मान’ पहिलोपटक विशिष्ट गीतकार नीर शाहलाई समर्पण गरिएको छ। $1001 (एक हजार एक) नगद राशिसहितको सम्मान ग्रहण गर्दै नीर शाहले गीतकारलाई पढ्ने आफ्नो रुचिको चर्चा गर्दै भन्नुभयो, “धेरैले कवि वा गीतकारका रचनाहरू मात्र पढ्छन्, तर म चाहिँ सर्जकहरूलाई पढ्छु । 

भूपी शेरचन, हरिभक्त कटुवाल, माधव घिमिरे, रत्न शमशेर थापा, दिनेश अधिकारी, ज्ञानेन्द्र गदालहरूलाई पढ्दै आएको छु। मलाई गौरवको अनुभूति भएको छ कि मैले नजिकबाट पढेको सर्जकको नाममा स्थापित सम्मानबाट आज म स्वयं सम्मानित भएँ।” नीर शाहले नेपाली भाषा, साहित्य, र संस्कृतिको सेवामा समर्पित INLA को उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा लोकप्रिय गीतकार भुषण खरेललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। श्री खरेलले INLA लाई संस्थाको लोगो कुँदिएको विशेष उपहार प्रदान गर्दै संस्थाको उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। संस्थाका संरक्षक ज्ञानेन्द्र गदालले आफ्नै नाममा सम्मान स्थापित गरेकोमा INLA प्रति आभार प्रकट गर्दै, पहिलो सम्मान प्राप्त गर्नुभएका नीर शाहको सुस्वास्थ्य र प्रगतिको कामना गर्नुभयो।

कार्यक्रमका सभापति एवं INLA अध्यक्ष हरि उप्रेतीले संस्थाको लक्ष्य नेपाली गीत-संगीतको उन्नति, सर्जकहरूको प्रवर्द्धन, र भाषिक-सांस्कृतिक एकता कायम गर्ने अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले सहभागी अतिथिहरू, सर्जकहरू, र सहयोगीहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो। कार्यक्रमको आकर्षक सजावट गरिएको थियो भने नेपालकी लोकप्रिय अभिनेत्री सरिता लामिछाने र संचारकर्मी विज्ञान भट्टाराइले प्रभावशाली रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। INLA को पहिलो वार्षिक महोत्सव, सांस्कृतिक संरक्षण र सर्जकहरूको सम्मानको उत्कृष्ट उदाहरण बनेको सहभागीहरूले बताएका छन्।

Open photo

Open photo

Share619SendTweet387

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
सुर्खेत बस दुर्घटना अपडेट : ३५ घाइतेलाई कोहलपुर अस्पताल पठाइयो, ६ गम्भीर

सुर्खेत बस दुर्घटना अपडेट : ३५ घाइतेलाई कोहलपुर अस्पताल पठाइयो, ६ गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।