२७ माघ, सुर्खेत । सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार उक्त दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए ।
‘दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन, तर ६ जना गम्भीर घाइते भएका छन्,’ उनले भने, ‘दुर्घटनाको अझ थप विवरण आउन बाँकी नै रहेको छ ।’