राम प्रसाद अधिकारि
डालास टेक्सास
आगामी मार्च ३० तारिकका दिन अमेरिकाको टेक्सास राज्य स्थित युलेशमा रहेको श्री पशुपतिनाथ मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। डालास हिमाल्यन्स स्पोट्रस लायन्स कल्ब ,डालास एभरेष्ट वोमन लायन्स क्लब र डालास हिमालयन्स वोमन लायन्स कल्ब को संयुक्त आयोजनामा BDA अमेरिकाको प्राबिधिक सहयोगमा एक दिने बल्ड डोनेसन कार्यक्रम आयोजना गर्न लागिएको हो।
साथै DFW एरियामा बसोबास गर्नु हुने सम्पुर्ण व्यक्तिहरुलाई कार्यक्रमा उपस्थित भएर बल्ड डोनेसन गर्नको लागि आग्रह समेत गरिएको छ । हामिहरुले गरेको बल्ड डोनेसनले अरु ब्यतिहरुको ज्यान जान बाट जोगिने हुदा यो सामाजिक कार्यमा सहभागिता हुन आयोजक बताउछन । सेवा नै धर्म हो भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको समेत आयोजकले बताएका छन्।