अमेरिकाको टेक्सासमा निःशुल्क मेमोग्राम परीक्षण एवं स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाली समाज टेक्सास र लाएन्स हेल्थ फाउण्डेशनको सहकार्यमा नेपाली बाहुल्य राज्य टेक्सासमा मेमोग्राम परीक्षण एवं स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।
आउँदो मे ३१ तरिक शनिवारका दिन आयोजना हुने शिविरमा निशुल्क चिकित्सा जाँच, रक्तचाप, कोलेस्ट्रॉल, एनीमिया लगायतका विभिन्न महत्वपूर्ण स्वास्थ्य परिक्षण गरिने छ । टेक्सासको डालसमा आयोजना हुने यो शिविर शनिवार विहान ९ बजे सुरु भै दिउँसो ३ बजे समापन हुनेछ ।
कार्यक्रमबारे आवश्यक जानकारीका लागि सम्पर्क नं. र ईमेल सार्वजनिक गरेको आयोजक टिमले थप जानकारीका लागि विष्णु माया उपाध्याय, शान्ता गिरी र राधिका खरेलको सम्पर्क नं. सार्वजनिक गरेको छ ।








