टेक्सास, अमेरिका — जुलाई ११:
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि भानु खरेलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले भन्नुभयो, “म NRNA NCC USA को अध्यक्ष पदको लागि मेरो उम्मेदवारी घोषणा गर्न पाउँदा अत्यन्त उत्साहित छु। हामीसँग हाम्रो संस्थाको प्रतिष्ठा पुनःस्थापित गर्ने अवसर छ, सबै पक्षलाई एकताबद्ध गर्दै हाम्रो मुख्य उद्देश्यहरूमा पुनः केन्द्रित गर्न सकिन्छ।”
भानु खरेलको उम्मेदवारी पाँच प्रमुख एजेन्डामा केन्द्रित रहेको छ:
- नेपालसँगको सम्बन्ध मजबुत बनाउने:
गैरआवासीय नेपालीहरूले भोगिरहेका समस्याहरू समाधान गर्न नेपाल सरकार र सम्बन्धित निकायहरूसँग समन्वयलाई प्राथमिकता दिने। - विविधतामा एकता:
विभिन्न समूह र धारलाई समेटेर एउटै साझा छातामुनि ल्याई संगठनभित्र एकता र सहकार्य प्रवर्द्धन गर्ने। - दोहोरो कर समाधान:
दोहोरो करका समस्यालाई लिएर अमेरिका र नेपाल सरकारसँग संवाद गर्दै दीर्घकालीन समाधान खोज्ने। - लगानी प्रवर्द्धन:
नेपालमा गैरआवासीय नेपालीहरूको लगानीलाई सहज बनाउने वातावरण निर्माण गर्न सचेतना र नीतिगत वकालत गर्ने। - ज्ञान साझेदारी प्लेटफर्म:
NRNA सदस्यहरूका अनुभव र सीप आदान–प्रदान गर्न सक्षम डिजिटल तथा भौतिक प्लेटफर्महरू विकास गर्ने। - समुदाय समर्थन:
प्रवासी नेपालीहरूले दैनिक रूपमा भोगिरहेका चुनौती समाधान गर्न समुदाय, संस्था र सरोकारवालासँग सहकार्य गर्दै समर्थन सुनिश्चित गर्ने।
भानु खरेलले सबै नेपाली समुदायलाई आफूले देखेको समावेशी, पारदर्शी र परिणाममुखी नेतृत्वको यात्रामा साथ दिन आह्वान गरेका छन्।
“हाम्रो समुदायको शक्ति हाम्रो एकतामा छ। हरेक सदस्यको आवाज सुनियोस्, मूल्य दिइयोस् भन्ने मेरो प्रतिबद्धता छ। तपाईंहरूको विश्वास र मतद्वारा यो दृष्टिकोणलाई यथार्थमा बदल्न म तयार छु,” उनले जोड दिए।
NRNA NCC USA को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि भानु खरेललाई समर्थन गर्न आग्रह गर्दै, उनले अन्त्यमा भने — “संगै, हामी महत्वपूर्ण परिवर्तन ल्याउन सक्छौं।”