हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ओहायोमा एनआरएनएको ‘मिट एण्ड ग्रिट’ तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

Kishan Regmi by Kishan Regmi
July 16, 2025
in अमेरिका विशेष, मुख्य समाचार
ओहायोमा एनआरएनएको ‘मिट एण्ड ग्रिट’ तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न

✍️ शारदा धिताल | ओहायो, अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA) ओहायो च्याप्टरद्वारा आयोजित ‘मिट एण्ड ग्रिट तथा अन्तरक्रिया कार्यक्रम’ ओहायो राज्यमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा अमेरिकाका लागि नव नियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै ओहायोमा बसोबास गर्ने नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य यही आउँदो जुलाई २९ र ३० मा ओहायोमा आयोजना हुन लागेको राहदानी कन्सुलर सेवा शिविरबारे जानकारी दिनु, सेवा प्रभावकारी बनाउने उपायहरूमा छलफल गर्नु तथा समुदायसँग प्रत्यक्ष सम्वाद गर्नु रहेको थियो।

कार्यक्रमको अध्यक्षता NRNA ओहायो च्याप्टर अध्यक्ष होता राम विश्वकर्माले गर्नुभएको हो। प्रमुख अतिथि राजदूत रेग्मीले विद्यार्थी तथा महिलामुखी सेवाहरूलाई केन्द्रमा राख्दै ओहायोमै स्थायी कन्सुलर सेवा सुरु गर्ने सम्भावना अध्ययन भइरहेको बताउनुभयो।

उल्लेखनीय उपस्थिति

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल सरकारका लागि ओहायोस्थित महावाणिज्यदूत डा. दामोदर पौडेल, नियोग उपप्रमुख शरदराज आरण, राष्ट्रिय आविष्कार केन्द्र अमेरिका अध्यक्ष तथा NRNA NCC USA सल्लाहकार डा. सञ्जु महतो, ONF राष्ट्रिय समिति अध्यक्ष छबि पाण्डे, ANTA अध्यक्ष तौलेश्वर चौधरी, ग्लोबल पिपुल एलाईन्स अध्यक्ष काशी अधिकारी, CONA अध्यक्ष आनन्द तिवारी, ONF ओहायो अध्यक्ष विजय थापा, Everest Club America अध्यक्ष विज्ञान भट्टराई, कलाकार सरिता लामिछाने, र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन र प्रस्तुति

कार्यक्रम नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने पानस प्रज्वलन गरेर राजदूत रेग्मीले औपचारिक उद्घाटन गर्नुभएको थियो।
पञ्चकन्याहरूको स्वागत कार्यक्रम, खुला अन्तरक्रिया, तथा समुदायका समस्या र सुझावहरूको प्रस्तुति कार्यक्रममा समावेश थिए।

आयोजकको सक्रियता

कार्यक्रममा NRNA ओहायो कार्यसमितिका उपाध्यक्ष भिषण अधिकारी, महिला उपाध्यक्ष विनिता आचार्य, सचिव लोकेन्द्र देवकोटा, कोषाध्यक्ष डिल्लीराम केरुङ, युवा संयोजक विजय बुढा, महिला संयोजक शारदा धिताल लगायत हरिहर दाहाल, रेवती कँडेल, सागर चम्लागाईं, मनोज कुमार बुढा, सुरेश पोखरेल, शान्तिराम अधिकारी, दीपक भट्टराई, धनञ्जय भट्टराई आदि सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव लोकेन्द्र देवकोटा र महिला संयोजक शारदा धितालले संयुक्त रूपमा गर्नुभएको थियो।

सांस्कृतिक प्रस्तुति र सहयोगी संस्था

एभ्रेष्ट कला केन्द्रद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजले सहभागीहरूको मन जितेको थियो।
कार्यक्रममा A1 Grocery & Rugs, Laxmi Jewellers, Everest Multi Tech, Ujeli Sushi, Kalash Event Center, Himalayan Daycare Center लगायतका संघसंस्थाहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।

Share666SendTweet416

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
एनआरएनए अमेरिकाको निर्वाचनमा आईसीसी हस्तक्षेप, नयाँ निर्वाचन आयोग गठन

एनआरएनए अमेरिकाको निर्वाचनमा आईसीसी हस्तक्षेप, नयाँ निर्वाचन आयोग गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।