हाम्रो बारेमा
Sunday, September 20, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासबाट टिम भानुले गरे एनसीसी अमेरिकाको लागि उम्मेद्वारी घोषणा

Kishan Regmi by Kishan Regmi
August 3, 2025
in अमेरिका विशेष, प्रवास, मुख्य समाचार
टेक्सासबाट टिम भानुले गरे एनसीसी अमेरिकाको लागि उम्मेद्वारी घोषणा

अमेरिका – यही अगष्ट १६-१७ मा हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल र उनको टिमले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।

शनिबार टेक्सास इर्भिंगमा आयोजित एक कार्यक्रममा उम्मेद्वारी घोषणा गर्दै भानु खरेलले अमेरिकामा रहेका नेपालीहरुको सामुदायिक सम्मान अरु उच्च बनाउन र अमेरिकास्थित नेपालीहरुको बौद्धिक, आर्थिक र व्यावसायिक क्षमतालाई नेपालसंग जोड्ने उद्देश्यले आफुले उम्मेदवारी दिएको बताए।

हाल संघको उपाध्यक्ष पदमा कार्यरत खरेलले अमेरिकामा आएर धेरै नेपालीहरुले ‘अमेरिकी सपना’ साकार मात्रै पारेको नभै नेपालको उन्नतिमा पनि हातेमालो गरेको बताए । “आइआइडीएसद्वारा गरिएको एक अध्ययनका अनुसार सन् २०२२ मा नेपालको सूचना प्रविधि (आईटी) निर्यात ५१५ मिलियन अमेरिकी डलर पुगेको थियो, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.४ प्रतिशत र विदेशी मुद्राको सञ्चितिको ५.५ प्रतिशत हो। आईटी क्षेत्रबाट प्राप्त आम्दानीको ठूलो हिस्सा अमेरिकाबाट गएको थियो। त्यस्तै सन् २०२३ मा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले १.२८ अर्ब अमेरिकी डलर रेमिट्यान्सको रूपमा नेपाल पठाएका थिए,” खरेलले भने। उनले सन् २०१५ को नेपाल भूकम्पका बेला तथा कोभिड–१९ महामारीमा अमेरिकास्थित नेपाली समुदायले गरेको प्रयासमा सामेल हुन पाएको स्मरण पनि गरे।

२०२५-२७ का लागि अध्यक्ष पदमा निर्वाचित भएमा आफुले संस्थाभित्र एकता र समावेशितालाई प्रवर्द्धन गर्ने, युवा र महिलालाई प्रोत्साहन गर्ने, एनआरएन नागरिकता र वंशजको नागरिकताको निरन्तरताको पक्षपोषण गर्ने, व्यवसायलाई प्रवर्द्धन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने जनाए। उनले नयाँ कार्यसमितिमा एक छुट्टै टास्क फोर्स बनाएर नेपाली दूतावास, नास आइटी, नेपाल सरकार लगायत सबै साझेदारहरुसंगको पहलमा आउँदो पांच वर्षमा नेपालबाट अमेरिकामा गरिने आइटी निर्यात दोब्बर पार्ने उद्देश्यले कार्ययोजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । “यस बाहेक पर्यटन, लगानीका साथै उद्यमशीलतालाई प्रोत्साहन गर्ने छु। त्यस्तै नेपाली बिजनेस फोरम बनाएर अमेरिकामा कार्यरत साना तथा मझौला उद्यमीहरुलाई सघाउन प्रोत्साहन गर्ने वातावरण तयार गर्नेछु,” उनले भने।

अध्यक्षका उम्मेदवार खरेलले आफु निर्वाचित भएमा एनआरएनए हेल्पडेस्क हटलाइन, करियर परामर्श र रोजगार मेला जस्ता कार्यक्रमहरूलाई विस्तार गर्ने, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गरेर पहिलो र दोस्रो पुस्ताका नेपालीहरू बीचको खाडललाई पुर्ने जनाए । उनले एनआरएनएभित्र पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुका साथै नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्नका लागि पनि संस्थागत रुपमा पहल गर्ने बताए।

कार्यक्रममा टिम भानुको तर्फबाट एनसीसी अमेरिकाका उम्मेदवारहरु सरोज सिग्देल (वरिष्ठ उपाध्यक्ष), उपाध्यक्षका उम्मेदवारहरु विष्णु बराल, बल राई, एक देव शर्मा, सी के पराजुली, दुर्गा तिवारी (महिला उपाध्यक्ष), नवराज न्यौपाने (युवा उपाध्यक्ष), अनुप खनाल (महासचिव), बासुदेव भट्ट (सचिव खुला), लक्ष्मी थापा (महिला सचिव), महेन्द्र बस्नेत (कोषाध्यक्ष), मोहन कुसारी (सह कोषाध्यक्ष), बिकी थापा (युवा संयोजक), सरस्वति शर्मा (महिला संयोजक), आइसीसी सदस्यका उम्मेदवारहरु रिता देवी प्रधान तथा दुर्गा प्याकुरेल, बोर्ड अफ डिरेक्टर्सका उम्मेदवारहरु ध्रुव गौतम, हेम बहादुर ठकुला, सुरेन्द्र कुमार अवस्थी, गोविन्द सापकोटा, क्षेत्रीय संयोजक (साउथ), निश्चल चापागाईं लगायतले आफै उपस्थित भइ वा लिखित संदेश मार्फत उम्मेद्वारी घोषणा गरेका थिए।

कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टिका पौडेल, नेप्लिज सोसाइटी अफ टेक्सासका वरिष्ठ उपाध्यक्ष जगन भण्डारी, ब्लड डोनर्स अफ अमेरिकाका शिव काफ्ले, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, जसस टेक्सासका ज्ञानेन्द्र कार्की, विजय भुसाल लगायत समाजका अगुवाहरुले शुभकामना दिएका थिए। नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष दिनेश शर्माले रोचक ढंगले कार्यक्रमको संचालन गरेका थिए।

Share792SendTweet495

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
ओहायोमा दुई दिने राहदानी कन्सुलर सेवा तथा घुम्ती शिविर सम्पन्न

ओहायोमा दुई दिने राहदानी कन्सुलर सेवा तथा घुम्ती शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।