ह्युस्टन, अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि श्रीकृष्ण गौतमले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
गौतमले एनआरएनएको संस्थागत विकास, अमेरिकी सरकारसँग समन्वय तथा मुख्यधारमा नेपाली समुदायको सहभागिता विस्तार गर्नका लागि आफ्नो उम्मेदवारी दिएको जनाएका छन्। उनले भने, “एनआरएन हुनु भनेको संसारभर छरिएका नेपालीहरूको साझा संस्था—गैरआवासीय नेपाली संघको सदस्य हुनु हो।”
उनले थप भने, “म उपाध्यक्ष पदमा उम्मेदवारी दिनुको उद्देश्य सदस्यहरूको भावना र गर्वको सम्मान गर्नु हो। एकतामा बल छ भन्ने बुझेको दिन नै हाम्रो वास्तविक शक्ति प्रकट हुनेछ।”
गौतमले “For Nepali, By Nepali” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, आगामी निर्वाचनमा नेपाली समुदायको साथ र समर्थनको अपिल गरेका छन्।
एनआरएनए एनसीसी अमेरिका को निर्वाचन अगस्ट १६ र १७, २०२५ मा हुने तय भएको छ।
– एनआरएन संवाददाता
