श्रीराम रेग्मी
अगष्ट ११, क्यालगरी (क्यानडा)
गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम क्यालगरी शहरमा सम्पन्न भएको छ। हालै सम्पन्न एनआरएन क्यानडाको निर्वाचनबाट विजयी अध्यक्ष जगन सापकोटा तथा क्यालगरी क्षेत्रबाट निर्वाचित पदाधिकारीहरूसँगको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम एनसिसिएसको रिसोर्स सेन्टरमा आयोजना गरिएको हो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष माधव दुलालले नव निर्वाचित कार्यसमितिलाई खादा र प्रमाणपत्र प्रदान गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले क्यानडामा रहेका गैरआवासीय नेपालीको हकहित रक्षा र नेपालको विकासमा प्रतिवद्ध भएर लाग्ने प्रतिबद्धता जनाए।
निवर्तमान अध्यक्ष दुलालले आफ्नो कार्यकालमा एनआरएन क्यानडाले धेरै महत्वपूर्ण कामको सुरुआत गरेको स्मरण गर्दै निर्वाचनका क्रममा केही विवाद भए पनि अन्ततः सबै एकजुट भएर निर्वाचन सम्पन्न गर्न सफल भएकोमा आभार प्रकट गरे।
कार्यक्रममा संस्थाका आईसिसि सदस्यहरू कमल भट्टराई र दिनेश घिमिरे, वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल, महिला उपाध्यक्ष समिक्षा कार्की, महासचिव शर्मिला रानाभाट, एनसिसि सदस्यहरू खुमा पाण्डे, प्रिन्जिया ढुंगेल, भिम तिवारीलगायत क्यालगरीस्थित विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमको सहजीकरण महासचिव शर्मिला रानाभाट र एनसिसि सदस्य प्रिन्जिया ढुंगेलले गरेका थिए।