डालस, अमेरिका – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA) को २०२५–२०२७ कार्यकालका लागि हुने आगामी निर्वाचनमा सरस्वती शर्मा महिला संयोजक पदको उम्मेदवार बनेकी छन्।
“एकता, सहमति र जवाबदेहिता, सबल र समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” भन्ने नारासहित शर्मा आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्दै छिन्। उनी दीर्घकालदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै महिला सशक्तिकरण, नेतृत्व विकास तथा समावेशी सहभागिताका लागि काम गर्दै आएकी छन्।
एनआरएनए अमेरिका निर्वाचनमा विभिन्न पदका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र महिला संयोजकको भूमिकालाई संगठनमा महिला सहभागिता अभिवृद्धिको दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
