हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाको महासचिवमा अनुप खनाल ‘फ्रन्ट रनर’

Kishan Regmi by Kishan Regmi
August 13, 2025
in अमेरिका विशेष, समाचार
एनआरएनए अमेरिकाको महासचिवमा अनुप खनाल ‘फ्रन्ट रनर’

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा २०२५-२०२७ कार्यकालको लागि महासचिव पदमा उम्मेद्वारी दिएका अनुप खनाल ‘फ्रन्ट रनर’ को रुपमा देखिएका छन् । हाल संघको युवा उपाध्यक्षको रुपमा काम गरिरहेका खनाल युवा, विद्यार्थी तथा खेलकुद क्षेत्रमा सक्रिय छन्।

खनालले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि दीर्घकालीन छात्रवृत्ति कार्यक्रम, खेलकुद प्रवर्द्धन, विद्यार्थी सहयोग तथा अन्तरराष्ट्रिय पहुँच विस्तारजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

‘शब्दमा नभइ काममा विश्वास गर्ने’ मूल मन्त्रका साथ उम्मेदवारी घोषणा गरेका खनालले भने, ‘म फेरि एकपटक झनै बढी प्रतिबद्धता र उद्देश्यका साथ अमेरिकास्थित नेपाली समुदायको सेवा गर्न तयार छु ।’ उनले सबैलाई सशक्त, एकीकृत र अग्रगामी सोच बोकेको एनआरएनए समुदाय निर्माणमा साथ दिन अपिल पनि गरे ।

खनालको नेतृत्वमा यसअघि एनआरएनए एनसीसी अमेरिकाको युवा, विद्यार्थी तथा खेलकुद समितिले विश्वभरिका युवाहरूलाई सक्रिय बनाउने, शिक्षा, खेलकुद, सांस्कृतिक आदानप्रदान तथा समुदाय सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

भलिबल टुर्नामेन्टदेखि वेबिनारसम्म

अनुपको नेतृत्वमा गत दुइ वर्षमा एनसीसी अमेरिकाले काभा भलिबल टुर्नामेन्टमा सहभागिताका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबलाई प्रायोजन, दोस्रो रूप स्मृति कपको आयोजना, नेपाली राष्ट्रिय टी–२० क्रिकेट टिमलाई ह्युस्टनमा अभ्यास खेल तथा आर्थिक सहयोग, वार्षिक साधारण सभामा ब्याडमिन्टन टुर्नामेन्टको आयोजना गरेको थियो। त्यस्तै विभिन्न विश्वविद्यालयका ४५ जना ‘स्टुडेन्ट एमव्यासडर’ विद्यार्थीहरूको राष्ट्रिय सञ्जाल निर्माण, आईएमए कराते च्याम्पियनसिप (न्यूयोर्क, २०२४) मा सहयोग, नेपाल भलिबल संघ (त्रिपुरेश्वर) सँग सहकार्य, ओक्लाहोमा स्टेट युनिभर्सिटीको एसियन क्लबलाई नेपाली नाइट अय्योजना गर्न सहयोग, तेजस ट्रेल रेसलाई प्रायोजन, लुइजियाना टेक क्रिकेट लिगसँग सहकार्य, ‘स्टडी इन द स्टेट’ वेबिनारको आयोजना, यति एथलेटिक क्लबसँगको सहकार्यमा विन्टर कप, खेलकुद कपको आयोजना, डेलावेयर विश्वविद्यालयको नेपाली विद्यार्थी संघलाई सहयोग, अमेरिकी दूतावास नेपालसँग रणनीतिक सहकार्यको प्रस्ताव, एनआरएनए युवा एपको विकास, आठौं वार्षिक नेपाली अमेरिकी कन्भेन्सन (एनएसी) लाई प्रायोजन लगायत रहेका छन् ।

यसैगरी एफ–१ भिसा इमिग्रेसन वेबिनार सञ्चालन, नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन, धेरै विद्यार्थीहरूलाई आवास व्यवस्था, कानुनी परामर्श, सिफारिस पत्र तथा शैक्षिक र व्यक्तिगत आवश्यकताहरूमा प्रत्यक्ष सहयोग, एनआरएनए छात्रवृत्ति कार्यक्रममार्फत १६ उत्कृष्ट विद्यार्थीहरूलाई १,००० डलरको छात्रवृत्ति प्रदान, नेपाली विद्यार्थीहरूका लागि स्नातकोत्तर तथा पीएचडी स्तरको सेमिनार आयोजना पनि उनले गरेका कामको सूचीमा रहेका छन् ।

सामाजिक क्षेत्रमा सधैं क्रियाशील अनुपले यस अघि २०२१-२३ मा एनसीसी अमेरिकाको सचिव, २०१९-२१ मा एनसीसी अमेरिकाको स्टुडेन्ट टास्क फोर्सको सह-अध्यक्ष, २०१७-१९ मा एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको बोर्ड सदस्य तथा साथी बाल्टिमोरको संस्थापक सदस्यको रुपमा पनि काम गरिसकेका छन्। उनले ‘गफ जंकशन’ भन्ने पडकाष्ट पनि चलाउँछन्।

खनालको उम्मेदवारीले एनआरएनए एनसीसी अमेरिकालाई थप गतिशील र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Share609SendTweet381

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए अमेरिकामा अध्यक्षका प्रत्यासी रामहरि अधिकारीको गुटमुक्त र समुदायमुखी नेतृत्वको प्रतिबद्धता

एनआरएनए अमेरिकामा अध्यक्षका प्रत्यासी रामहरि अधिकारीको गुटमुक्त र समुदायमुखी नेतृत्वको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।