डालास, अगस्ट १८ –
गैरआवासीय नेपाली संघ (NRNA) अमेरिकाको आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचन अन्तर्गत टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा दीपा बोहोरा ऐर निर्बिरोध चयन हुनुभएको छ।
नेपालमा रहँदा लामो समयसम्म राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहनु भएकी बोहोरा ऐर अमेरिका आएपछि विगत तीन वर्षदेखि विभिन्न संस्थाहरूमा आबद्ध भई सामाजिक सेवामा संलग्न रहिएकी छिन्।
निर्बिरोध चयनपछि उहाँले सबै मतदाताहरू, शुभेच्छुकहरू तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो – “टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा निर्बिरोध चयन हुनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारी हो। यसले मलाई अझ जिम्मेवार, प्रतिबद्ध र सक्रिय भएर सामाजिक सेवामा अघि बढ्ने प्रेरणा दिएको छ।”
उहाँले आगामी दिनहरूमा पनि साथ, समर्थन र सुझावको अपेक्षा रहने बताउनु भएको छ।