राम प्रसाद अधिकारी, टेक्सस – ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्सस राज्यको तेस्रो सम्मेलन शनिबार रमाइलो इभेन्ट सेन्टरमा सम्पन्न भएको छ। अध्यक्ष अजय बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेक्सासमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम मा बोल्दै अध्यक्ष बगालेले सन् २०२४ मा कुल ५५५ पिन्ट रगत संकलन गर्न सफल भएको जानकारी गराए। साथै सन् २०२५ को अगस्टसम्ममै ३२२ पिन्ट रगत संकलन भइसकेको उल्लेख गर्दै उनले टेक्ससका विभिन्न स्थानमा हरेक सातैजसो रक्तदान कार्यक्रम हुँदै आएको बताए।
सम्मेलनले नयाँ कार्यसमिति पनि चयन गरेको छ। सन्तोष कार्कीको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष विकास भण्डारी, कोषाध्यक्ष सरला खरेल, मिडिया संयोजक शंकर थापा र आइटी संयोजक अश्विन अर्याल चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यमा श्रीकृष्ण गौतम, इन्दिरा पन्थी, प्रतिमा खरेल, नारायण पौडेल, हुमनाथ भण्डारी (राजु), सीताराम पन्त र बिष्णु पहाडी रहेका छन्।
कार्यक्रममा बिडिए अमेरिकाका प्रमुख सल्लाहकार डा. नन्द रेग्मीले सस्थाको बिगतका कार्यक्रमहरुको प्रभाक्कारिताका बारेमा बोलेका थिए भने उक्त अवसरमा । ५० भन्दा बढी पटक रक्तदान गर्ने सुरज पौडेल, अच्युत पौडेल, बासु श्रेष्ठ र इन्द्रप्रसाद कोइरालालाई विशेष सम्मान प्रदान गरिएको थियो।
नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, ड्यालस एभरेष्ट लायन्स क्लब, श्रीकृष्ण प्रणामी हिन्दु समाज, एभरेष्ट फेडरल क्रेडिट युनियन, ग्रेटर अस्टिन नेप्लिज सोसाइटी, हिमालयन हेन्थ क्लिनिक, लुम्बिनी सेवा समाज, नर्थ ड्यालस नेपाली समाज, तामाङ्ग सोसाइटी टेक्सस लगायतका संस्थाहरुलाई पनि सहयोग र योगदानको लागि सम्मान गरियो।