हाम्रो बारेमा
Monday, August 31, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Kishan Regmi by Kishan Regmi
April 13, 2026
in अमेरिका विशेष, एनआरएनए सम्वाद, मुख्य समाचार
टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

रामप्रसाद अधिकारी

टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना गर्ने भएको छ। आगामी अप्रिल १८ तारिखका दिन टेक्सास राज्यको इरभिङ शहरमा हुने यस कन्क्लेभले अमेरिका मात्र नभई विश्वभर रहेका नेपाली सञ्चारकर्मी, बुद्धिजीवी तथा समुदायका प्रतिनिधिहरूलाई एकै थलोमा जोड्ने लक्ष्य राखेको छ।

‘कनेक्ट, इन्फर्म र युनाइट’ भन्ने मूल नारासहित आयोजना गरिने उक्त कन्क्लेभले नेपाली पत्रकारिताको वर्तमान अवस्था, यसको विश्वव्यापी प्रभाव र प्रवासी नेपाली समुदायका विविध पक्षहरूलाई उजागर गर्ने अपेक्षा गरिएको छ। विशेषगरी, विश्वका विभिन्न कुनामा सक्रिय नेपाली मिडिया र सञ्चारकर्मीहरूबीच अनुभव आदान–प्रदान, सहकार्य र समन्वय बढाउने उद्देश्य यस कार्यक्रमले बोकेको छ।

कार्यक्रम अन्तर्गत विभिन्न समसामयिक र महत्वपूर्ण विषयहरूमा केन्द्रित वक्तृत्व श्रृंखला तथा प्यानल छलफलहरू आयोजना गरिनेछ। ‘संयुक्त राज्य अमेरिकाको विविधता, समुदाय र शक्ति’ शीर्षकमा हुने विशेष सत्रमा अमेरिकी समाजको बहुसांस्कृतिक स्वरूप, त्यसले दिएको अवसर र चुनौतीबारे गहन बहस गरिनेछ। त्यस्तै, ‘ग्लोबल मिडियामा नेपाल: प्रतिनिधित्व, वास्तविकता र विश्वव्यापी दृष्टिकोण’ विषयमा नेपाल र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा कसरी प्रस्तुत गरिँदै आएको छ भन्नेबारे विश्लेषण गरिनेछ।

यसैगरी, ‘मिडियामा विविधता र समुदायका मुद्दाहरू’ सम्बन्धी प्यानल छलफलले अल्पसंख्यक समुदाय, आप्रवासी अनुभव र सामाजिक समावेशिताका विषयहरूलाई उजागर गर्नेछ। प्रवासी नेपाली समुदायमा सामुदायिक मिडियाको भूमिका, सञ्चालन र व्यवस्थापनका चुनौती तथा सम्भावनाबारे अनुभव साझेदारी सत्र पनि कन्क्लेभको महत्वपूर्ण आकर्षणका रूपमा रहनेछ।

नेजा कन्क्लेभ २०२६ ले नेपाली पत्रकारिता क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउँदै विश्वभर रहेका नेपाली समुदायबीच एकता, सहकार्य र पहिचानको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ। आयोजकले कन्क्लेभमा व्यापक सहभागिताको अपेक्षा गर्दै सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

Share648SendTweet405

सम्बन्धित खवर

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

Next Post
टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।