बिपिन धिताल \ टेक्सास २३ मे
अमेरिकाको टेक्सामा पनि विशेष कार्यक्रमका साथ २५६८ औँ बुद्ध जयन्ती मनाईएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ
। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बिहिबार मे २३ का दिन ग्रेटर अस्टिन नेपाली सोसाईटी ग्यान्सको आयोजनामा टेक्सासको अस्टिनमा कार्यक्रम भएको हो ।

गे्रटर अस्टिन नेपाली सोसाईटी कम्युनिटि सेन्टरमा को सभाहलमा कार्यक्रम भएको सम्पन्न भएको हो । संसार भरि रहनु भएका बुद्ध धर्मवालम्वीहरुलाई सुभकामना प्रदान गर्दै, बिभिन्न रचनात्मक कृयाकलाप गर्दै कार्यक्रम गरिएको ग्यान्सका अध्यक्ष बिदुर खतिवडाले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित वक्ताहरुले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय रहेका
बताएका उनुभएको थिए । गौतम बुद्धले देखाउनुभएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास
कार्यक्रमका सहभागिहरुले गरेका थिए ।

रामकुमार महतोद्वारा बुद्ध भगवानका बारेमा चर्चा तथा योगाभ्यासबाट आरम्भ भएको कार्यक्रममा ग्रेटर अष्टिन नेपाली सोसाइटी सामुदायिक तथा आध्यात्मिक केन्द्रका संयोजक डा. कमल अधिकारीले स्वागत मन्तव्य तथा बुद्ध भगवानका बारेमा प्रकाश पार्नु भएको थियो ।
लामा मोहनबहादुर घिसिंग द्वारा प्रार्थना तथा पुजा अर्चना गरिएको कार्यक्रममा टिका माया गुरुङ र उहाँको समुहले प्रसाद व्यवस्थापन गरेको थियो भने महासचिव विनोद दाहालले संचालन गरेको कार्यक्रममा कर्नेल पूर्णबहादुर गुरूङले पनि बुद्ध भगवानका बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली समुदायका थुप्रै सहभागीले प्रसादका रुपमा विभिन्न परिकारहरु बनाएर ल्याएका थिए ।


