हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

खेल हार्दा पनि विश्वमाझ एकताको उदाहरण पेस गरेका अमेरिकाबासी नेपालीहरु

Reporterclub America by Reporterclub America
June 6, 2024
in अमेरिका विशेष, खेलकुद, गृहपृष्ठ, फोटो फिचर, समाचार
खेल हार्दा पनि विश्वमाझ एकताको उदाहरण पेस गरेका अमेरिकाबासी नेपालीहरु

मंगलबार अर्थात जुन ४ तारिकका दिन टेक्सासको ग्रान्ड प्रियरी स्टेडियममा आज सम्मकै अत्यन्त आकर्षक दृश्य देखियो । स्टेडियम निलो र रातो रंगको संयोजनमा अरु वेला भन्दा भिन्न देखिन्थ्यो । पुरानो राष्ट्रिय गीतले भनेझैं , रातो रंग गुराँसको रंग, विरताको रंग, हाम्रो मुटुको रगतको रंग । जसले एकताको प्रतिनिधित्व गर्दछ,हामी हुनुको अस्तित्वलाई प्रतिविम्वित गर्छ , र निलो रंग आकासको रंग, शान्तिको रंग , कर्मशिल हत्केलाका पसिनाको रंग …। जो विश्व कर्मभूमिमा आ-आफ्नो पौरख अनुसार कर्मको उदाहरण प्रस्तुत गरिरहेछ।



हाम्रो नेपाली जर्सी आफ्नो झण्डाकै रंगमा रहेकाले निलो रंगले भरिएको खेल मैदान परिसरमा शंखनाथ सहितको नेपाली मौलीक पञ्चे बाजाका कारण सनातन संस्कृति र नेपाली पहिचानको ध्वनी गुञ्जाईसको आभाष थियो । खेल हेर्न आएका नेदरल्याण्ड, अमेरिका लगायतका देशका दर्शकका लागि मात्र होईन यस प्रकारको बृहत भौतिक समर्थन र मौलिक रिति सहितको खेल मैदान प्रवेश विश्व खेल प्रेमीमाझ अनौठो दृश्य पनि बन्न पुग्यो ।

अमेरिकाबासी नेपालीको पहिचान सहितको उत्साहजक सहभागिता र यस प्रकारको आत्मिक समर्थन र संस्कार विश्वका क्रिकेट फ्यानहरुका लागि पनि एक उदाहरण सावित भएको छ । जहाँ नेपाली दर्शकहरुको शिरमा नेपाली टोपी, हातमा मादल, दमाहा र सहनाई मनमा नेपालको बिजयी कामना र अनुहारमा गर्विलो मुस्कानले ग्राण्ड प्रियरी परिसर मात्र होईन विश्व खेल जगतमा पृथक संस्कार र बलियो एकताको सन्देश प्रवाह गरिरहेथ्यो ।

गैर आवासिय नेपाली भनिने नेपालका मुग्लानीहरु छोरा-छोरीहरु र उनिहरुले अमेरिकामा नै जन्माएका र हुर्काउँदै गरेका हाम्रा नेपाली साना बाल-बालिका र किशोर किशोरीहरु पनि नेपालको खेल हेर्न उत्साहित थिए । उनिहरु राम्रोसंग नेपाली भाषा जान्दैनन् तर ‘नेपाल हाम्रो हो’ भन्ने भाव प्रसस्त भेटिन्छ उनिहरुमा । उनिहरुका अविभावक सचेत छन् आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, कला, संगीतमा जानकार बनाउनु पर्छ भन्नेमा । देश विदेश जहाँ रहेपनि आफ्नो धरातल नविर्षनु हो, १० बर्षको मेरो अमेरिकी-नेपाली समुदाय संवद्ध पत्रकारिता अनुभवमा अमेरिकामा रहेका नेपालीले आफ्नो धरातल अर्थात नेपाल विर्षेका छैनन् ।

विभिन्न बाध्यता र सपनाले अमेरिका पुगेपनि, देशले गैर भनेपनि उनिहरु हरेकले आफुसंगै नेपाल बोकेर गएका छन् भन्ने दृश्य हिजोको उपस्थितीले पनि देखाएको छ । सबैका हातमा बोकिएका नेपाली झण्डा, मादल, दमाह, सहनाई, नेपाली टोपी सबै नेपालका पहिचान हुन् जो हिजो ग्रान्ड प्रियरीमा अस्तित्वको सुचक बनेर उभियो नेपाली खेलाडीको पक्षमा । १५ हजार सिट क्षमताको स्टेडियममा नेदरल्याण्डका दर्शक जम्मा १ सयको हाराहारीमा हुँदा बाँकी सबै सिट नेपाली दर्शकका कारण हाउसफुल भएको थियो ।संभवत यो प्रवासी ईतिहासकै पहिलो रेकर्ड पनि हो ।

हजारौं नेपाली दर्शक स्वतस्र्फुत सहभागी भएको यस खेलमा खेलाडीले हारेपनि विश्व खेल जगतमा नेपाली एकताको सन्देस फेरी एक पटक उचो ढंगमा झल्किएको छ ।उसो त हाम्रा ईतिहासमा नेपाली एकताको उत्कृष्ट उदाहरण आज पनि विश्व सामु कायम छ । खेल हार्ने जित्ने ठेगान थिएन तर आसा र विश्वास यति बलियो थियो कि नेपाली खेलाडीलाई हौसला दिनकै लागि नेपालीहरु न्यूर्योक, क्यालिफोर्निया लगायतका राज्यबाट समुहगत रुपमा उपस्थित थिए । खेल हेर्नका लागि हाल अमेरिकामा रहँदै आएका नेपालका चर्चित कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।

टेक्सास राज्यका नेपालीहरु रातभर नसुती काम सकेर आएका देखी काम गर्ने ठाउँमा झुट समेत बोलेर आएका सम्म भेटिए यो गहिराई आफ्नो पनको गहिराई हो जसलाई भूगोलले फरक पार्दैन । नेपाली टिमको जितको कामना गर्दै नेपाली झ्याउरे लयमा नाचिरहेका युवाहरुको अनुहारमा नेपाली हुनुको गर्वभाव स्पस्ट देखिन्थ्यो । नेपालीहरुको बृहत सहभागिताबारे खेलाडी स्वयंलाई अमेरिकाको मैदानमा खेलिरहेछौं भन्ने आभाष भएन ।


जितेको भए सुनमा सुगन्ध झैं हुने थियो तर सोचेजस्तो भएन । कतिले खेल अघि नै खेलाडीलाई स्वागत, रात्रिभोज, सम्मान लगायतका कार्यक्रम राख्ने संघ संस्था र व्यक्ती लक्षित भएर खेल हार्नुको कारणबारे आफ्ना धारण अभिव्यक्त गरे पनि । कुरा धेरै अर्थमा सहि पनि हो । विश्वकपको यात्रामा रहेका खेलाडी शारिरिक रुपमा मात्र होईन मानसिक रुपमा अझ धेरै तयार रहनु पर्ने हुन्छ । विपक्षीको बल कसरी प्रतिकार गर्ने देखी धेरै आन्तरिक कुरामा खेलाडी स्वयं र सामुहिक छलफलमा समेत मानसिक तयारीमा हुन्छ । यसलाई बाहिरी कुराले प्रभाव पार्छ नै ।

यिनै मध्यको एक नेपाली मन्दिरमा मन्त्रोच्चारण सहितको पुजारीको आर्शिवाद लिने क्रममा खेलाडी सोमपाल कामीले प्रसाद मात्र ग्रहण गरेको भिडियो दृश्यप्रति जातिय विभेद भन्दै केही वेर सामाजिक संजालमा वादविवाद समेत हुन पुग्यो । पछि उनले टिका ग्रहण गरेको भिडियो आएपछि सवै शान्त भए तर हामीले हेर्दा सानो लाग्ने यो कुरा सोमपालले हामीले झैं सामान्य लिए होलान् ? कुनै पनि कुरा अतिरञ्जित गर्नु पहिले त्यसको प्रत्यक्ष असर कसलाई पर्छ सोचिदैंन । संवेदनशिल भएर सोच्दा सोमपालको कमजोर खेलमा यस विवादको समेत हात छ । यद्यपी आसय सबैको नेपालले जितोस् भन्ने नै थियो । अर्को खेलमा यो कुरालाई सुझावका रुपमा लिन सक्नु पर्छ सम्बन्धित पक्षले पनि ।

स्थानिय समय अनुसार विहान १० बजेर ३० मिनेटमा सुरु हुने भनिएको खेल हेर्नका लागि ग्राण्ड प्रियरी जाने नेपाली दर्शकहरुलाई सामुहिक सहभागिताका लागि एनआरएनए अमेरिका, नेपाली समाज टेक्सास लगायका सामाजिक संघ संस्थाले आह्वान गरेको थियो । सोही अनुरुप टेक्सासको युलेश स्थित नेपाली मन्दिरमा विहान ८:३० बजे जम्मा भएका हजारौं दर्शक पञ्चेवाजा र कार र्याली सहित खेल मैदान पुगेका थिए । बर्षातका कारण चिसो खेल मैदान कमसेकम खेल्न सकिने सम्म भएपनि सुकाउनु पर्ने भएपछि खेल केही बेर ढिला सुरु भएको थियो । तर दिउँसोको खेलको मानसिकतामा रहेका नेपाली खेलाडी चिसो खेल मैदान र टस हारेसंगै मानसिक रुपमा समेत सुरुवाती समयबाटै केही अलमलमा देखिए । त्यसकै प्रतिफल स्वरुप आसा गरिएका खेलाडीले लगातार विकेट गुमाउनु पर्यो ।

लगातार गुमेको विकेटले बाँकी खेलाडीको मनोबलमा पनि असर परेको देखियो । किनकी विश्वकपका खेलाडीको उत्साह सोचेजति उर्जात्मक समेत नदेखिदाँ समग्रमा खेल खल्लो देखियो र अन्तत हारको सामना गर्नु पर्यो । सन्दिप लामिछाको अभावको घाटा पनि हो यो । खेल मैदानबाट हजारौं नेपालीले सन्दिपलाई सम्झिए । यो सम्झना पनि नेपाली माटो र भातृत्वभावको संस्कार हो । भाव, प्रेम, आत्मियता, देशभक्ती गैर हुँदैन भने धन कमाउन मुग्लान गएका छोराछोरी पनि गैर हुनै सक्दैनन् प्राकृतिक नियममा । शरिर र भाव अलग कुरा हो, भलै कागजका धारा उपधाराले आफ्नै उर्जाशिल जनशक्तीलाई गैर बनाई किन नदियोस् । ग्राण्ड प्रेयरी स्टेडियम यसको साक्षी हो ।

संसारभरका नेपालीको अभिलाषा थियो नेपालको जीत । साथ थियो, समर्थन थियो, कामना थियो, दर्शक र खेलाडी दुवैमा बलियो विश्वास थियो तर संगै प्रतिस्पर्धा पनि थियो , जसमा हामी पराजित भएउँ ।हारि त हालियो, अव सकारात्मक भएर सोचौं एक भएर हेरौं, त्यहि एकता जोे सबैतिर तारिफ बटुलिरहेछ । भलै खेल सोचेजस्तो हुन सकेन तर त्यहि खेलेका कारण अर्को शानदार जीत हात परेको छ । हाम्रो एकताले उपाधी हासिल गरेको उदाहरण हो यो । खेल भयो र त हामी एकजुट भयौं । अर्को पटकको खेलका लागि आवश्यक वातावरण सृजना गरौं, जसले जीतको मार्ग प्रसस्त गर्नमा मद्यत पुगोस् ।

Share673SendTweet421

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
फरक स्वादको शब्द-संगीतमा उत्कृष्ट निर्देशन: गायिका सदिक्षाको ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक

फरक स्वादको शब्द-संगीतमा उत्कृष्ट निर्देशन: गायिका सदिक्षाको 'खुर्सानीलाई बियाँ' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।