राम अधिकारि – टेक्सास
नेपलिज सोसाइटी अफ टेक्सास ( NST ) को आयोजनामा गत शनिबार युलेस स्थित NST/NCSC हलमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पेशागत विज्ञहरूले मानसिक स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी तथा अनुभवहरू प्रस्तुत गरे।
NST कोआयोजना र बिभिन्न लायन्स कल्बको समन्वयमा संचालनको भएको कार्यक्रममा कार्यक्रमका प्रमुख वक्ता Dr. Imran S. Khawaja (Board Certified Psychiatrist & Sleep Medicine Specialist) र Dr. Vishnu Maya Upadhyay (DNP, APRN, WHCNP-C, FNP-BC, PMHNP, BC) ले मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौतीहरू र समाधानका उपायहरूबारे व्याख्या गर्दै सहभागीहरूसँग अन्तक्र्रिया गरे। कार्यक्रममा डा माया र एनएसटि कार्यकारि सदस्य राधिका खरेलले समन्वयात्मक भूमिका निर्वाह गर्दै व्यवस्थापनलाई अझ प्रभावकारी बनाइएको थियो।
कार्यक्रमलाई विशेष रुपमा समर्थन र प्रेरणा प्रदान गर्नु हुने महानुभावहरूमा लायन्स गभर्नर लायन राधा कृष्ण काफ्ले, जोन चेयरम्यान लायन राजेन्द्र कुँवर, र Euless City Council Member टिका पौडेलज्यूको उल्लेखनीय उपस्थिति रहेको थियो भने टिका पौडेल डालास वरपर नेपालिहरुको माझ लोकप्रिय नाम हो ,
यस कार्यक्रमलाई निम्न लायन्स क्लबहरूले समर्थन गरेका थिए:
• Dallas Health Lions Club
• Irving Everest Centennial Lions Club
• Dallas Everest Women’s Lions Club
• Dallas Himalayan Sports Lions Club
• Dallas Himalayan Women’s Lions Club
कार्यक्रमले मानसिक स्वास्थ्यको बारेमा समुदायमा सकारात्मक सोच र जागरूकता फैलाएको र साथै, भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने समेत प्रतिबद्धता गरेको कुरा NST का महासचिव बिजय भुषालले बताउनु भयो भने आगामि दिनहरुमा पनि स्वास्थ्य, खेलकुद र सामाजिक कार्यमा सदैब NST ले काम गर्दै अगाडि बढ्ने र नेपालिहरुको दु:ख सुखमा जहिले पनि अग्रणि भुमिका निर्वाह गर्दै अगाडि बढिरहेको र भबिष्यमा पनि यसलाई निन्तरता दिदै अगाडि बढ्ने भुषालले जानकारि दिनु भयो ।