राम प्रसाद अधिकारी – टेक्सास
आगामी मे ३ शनिवारका दिन ड्यालस हिमालयन स्पोर्ट्स लायन्स क्लब र नेप स्टार अफ डिएफडब्लुले आयोजना मा ४० वर्षमाथिका लागि भलिबल प्रतियोगिता को आयोजना गरेको छ । ड्यालस हिमालयन्स स्पोर्ट्स कल्बका सचिव बिष्णु ढकालका अनुसार ४० वर्षमाथिका लागि भलिबल प्रतियोगिता को आयोजना गरिएको हो।
कार्यक्रम टेक्सास राज्यको युलेस को Euless Family Life Center (300 W Midway Dr, Euless, TX 76039) मा आयोजना हुनेछ।
प्रतियोगितामा ४० वर्षभन्दा माथिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।
स्वस्थ जिवनको लागि खेलकुद भन्ने उदेश्यका साथ भलिवल प्रतियोगिताको आयोजना गरिएको र खेलाडिहरुले प्रतिस्पर्धा बाट आफ्नो कौशल प्रदर्शन गर्न सक्ने तथा पुरस्कार जित्ने समेत सक्ने मौका यस प्रतियोगिताबाट प्रदान गरिएको छ। प्रतियोगिताको पहिलो पुरस्कार $1200 र दोस्रो पुरस्कार $600 राखिएको छ भने भलिवल प्रतियोगिताको लागि दर्ता शुल्क भने $150 तोकिएको र इच्छुक टोलीहरूले चाँडो दर्ता गरी स्थान सुरक्षित गर्न समेत अध्यक्ष राजेश अधिकारिले सबैलाई खेलप्रेमि खेलाडिहरुलाई र नेपालि समुदायहरुलाई आग्रह गर्नु भएको छ ।
भलिवल प्रतियोगिताले टेक्सासको डालासमा रहेका नेपालिहरु बिच खेलकुदको माध्यमबाट ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा सक्रियता, सहकार्य र समुदायमा एकता प्रवर्द्धन गर्ने लक्ष्य लिएको साथै डिएफडब्लु क्षेत्रको नेपाली समुदायबीच एकताको भावना एक आपसमा बलियो हुदै जाने समेत अधिकारिले जानकारि गराउनु भयो भने दर्ता गर्न चाहनेहरूले तल दिएका ब्यतिहरुलाई सम्पर्क गर्न र सहभागी हुन आग्रह गरिएको छ।
सम्पर्क न : राजेश अधिकारी (214) 309-6955
तेजिन्द थापा (682) 377-8859
सहकुल खत्री (347) 265-5502
गोबिन्द गौतम (972) 339-8518
किरण पौडेल (214) 317-6821
दिपक थापा (347) 771-2239