अर्जुन न्यौपाने April 28 टेक्सस,
लुम्बिनी सेवा समाज अमेरिका द्वारा नेपाली नयाँ वर्ष २०८२ तथा मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनको सुखद अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम एक कार्यक्रमबीच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली समाज टेक्सास, नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र, गैर आवासीय नेपाली संघ समन्वय परिषद अमेरिका, तामाङ सोसाइटी लगाएतका संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, पत्रकार,यस समाजका सदस्य तथा शुभेच्छुक महानुभावहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक सरिता शर्मा आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना आदान-प्रदान का साथै कलाकार भाइ, बैनी हरूका नृत्य, मधुर स्वरका धनि लोकप्रिय गायक भिम चापागाईंको गायन तथा समाजको आफ्नै पन्चेबाजा सहितले कार्यक्रम संगीतमय बनेको थियो। कार्यक्रममा आमाको मुख हेर्ने दिनको सुखद अवसर भएको हुनाले आमाहरूप्रति शुभकामना व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण आमाहरूलाई केक वितरण गरी खुसी साटासाट गरिएको थियो । निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्त समयका बावजूद उपस्थित भइ कार्यक्रमलाई सफल र गौरवपूर्ण बनाउन सहयोग पुर्याउनु हुने संघ–संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, गायक भिम चापागाईं ज्यु, कलाकार भाई बैनी, पन्चेबाजा समुहका वाध्यवाधक कलाकार मित्रहरू, कार्यक्रम संयोजक सरिता शर्मा ज्यु कार्यसमितिका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू,यस संस्था अन्तर्गतका सदस्यज्यूहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा लुम्बिनी सेवा समाज अमेरिका परिवारको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ । उपस्थितिले कार्यक्रमलाई थप आकर्षक,सव्य र भव्यताका साथ सफल बनाएको अनुभूति गर्दै आगामी दिनहरूमा पनि यस्तै निरन्तर सहकार्य, सद्भाव र समर्थनको अपेक्षा राख्दै पुनः सम्पूर्ण सहभागी महानुभावहरूलाई लुम्बिनी सेवा समाज अमेरिका परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।











