ग्राण्ड प्रेरी, टेक्सस – जुलाई २०, २०२५
नेपालिज सोसाइटी अफ टेक्सस (NST) को आयोजनामा जुलाई १९ र २० तारिखमा टेक्ससको Texas Image Volleyball, ग्राण्ड प्रेरीमा सम्पन्न NST Interstate Volleyball Cup 2025 खेलकुद र एकता प्रवर्द्धन गर्ने उद्देश्यले अत्यन्तै भव्य, मित्रवत र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ।
प्रतियोगितामा कुल १६ टिमहरूको सहभागिता रहेको थियो, जसमा अमेरिकाका विभिन्न राज्यबाट आएका नेपाली समुदायका खेलाडीहरूले आफ्नो दमदार प्रदर्शन प्रस्तुत गरेका थिए।
फाइनल प्रतिस्पर्धा:
फाइनल खेल San Francisco (California) र Ridgewood Nepalese Society बीच भएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा San Francisco ले Ridgewood लाई हराउँदै उपाधि जित्न सफल भयो।
सेमिफाइनल प्रवेश गर्ने टिमहरू:
Ridgewood Nepalese Society
West Rukum
San Francisco (California)
Rukum
पुरस्कार राशी:
प्रथम स्थान (San Francisco): $8000
दोस्रो स्थान (Ridgewood): $5000
तेस्रो स्थान (West Rukum): $2000
खेल मैदानमा दर्शकहरूको उत्साह, खेलाडीहरूको जोश र आयोजकहरूको समर्पणले प्रतियोगितालाई अझै विशेष बनायो। कार्यक्रमलाई सफल बनाउन NST का सम्पूर्ण टिम, स्वयंसेवकहरू तथा सहभागी टिमहरूको अतुलनीय योगदान रहेको थियो।
साथै सस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले कार्यक्रमलाई सफल पार्न अहोरात्र खट्ने सम्पूर्ण स्वयंसेवक , पत्रकार, यबम समुदायका अगुवाहरुलाई सस्थाको तर्फ बाट धन्यवाद दिदै भोलिका दिनमा पनि यस्तै साथ् सहयोगको अपेक्षा सहित सबैलाई आभार प्रकट गर्नु भएको थियो।
कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीचको सम्बन्ध अझ बलियो बनाएको र भविष्यमा अझ ठूलो र भव्य कार्यक्रमहरूको अपेक्षा गर्न सकिने संकेत दिएको नेपाली समाज टेक्सासका महासचिब विजय भुसालले रिपोर्टर्स क्लब अमेरिकालाइ बताउनु भएको छ।













