राम प्रसाद अधिकारी, युलेस, टेक्सास —
जीवन विज्ञान यूएसएको आयोजनामा चक्र विज्ञान (Chakra Vigyan) सम्बन्धी विशेष आत्मिक–शैक्षिक कार्यक्रम आजदेखि टेक्सासको युलेस शहरमा औपचारिक रूपमा सुरु भएको छ।
जनवरी ०२ देखि ०८, २०२६ सम्म सञ्चालन हुने उक्त कार्यक्रम युलेसस्थित Sapphire Banquet & Conference Center मा हरेक दिन बिहान ७:३० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा रमेश गुरुदेव र भानु गुरुदेवको विशेष मार्गदर्शन रहने आयोजकले जनाएको छ। कार्यक्रममा मानव शरीरका सात प्रमुख चक्र, मानसिक सन्तुलन, आत्मिक चेतना, ध्यान विधि तथा समग्र जीवन व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।
सीमित सिटको व्यवस्था रहेकाले इच्छुक सहभागिहरूलाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेको छ। कार्यक्रममा सहभागीहरूका लागि ब्रेकफास्ट तथा लञ्चको समेत व्यवस्था गरिएको छ।










