हाम्रो बारेमा
Monday, May 25, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home रिपोर्टर्स खोज

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिब्याको ‘दिब्य शक्ति’

Reporterclub America by Reporterclub America
September 26, 2023
in रिपोर्टर्स खोज
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिब्याको ‘दिब्य शक्ति’

रिपोर्टर्स खोज, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या शाह संविधान दिवसमा मानपदवी पाउन सफल मात्र भइनन् मानपदवी दिलाउन समेत सफल भइन् । यसले उनको शक्ति र प्रभाव प्रमाणित भएको छ ।

सरकारले संविधान दिवसको अवसर पारेर मृगौला रोग विशेषज्ञ प्रा. डा. दिब्या सिंह शाहलाई सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित गरेकोे छ । प्रधानमन्त्री ओलीले प्रा.डा शाहलाई क्याबिनेट चिकित्सकको रुपमा नियुक्त गरेपछि उनले राजनीतिक नियुक्त र सम्मानमा पछाडि फर्केर हेर्नु पर्ने अवस्था आएको छैन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख समेत रहेकी प्राडा शाह पछिल्ला राजनीतिक नियुक्तमा कहाँ परिन भन्दा पनि कहाँ परिनन् भनेर हेर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुबीच चर्चा चल्न थालेको छ । शिक्षण अस्पतालको विभागीय प्रमुख रहेकी शाह निजी क्षेत्रबाट सञ्चालित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा समेत नेफ्रोलोजी एण्ड ट्रान्सप्लान्ट विभागमा कन्सल्टेन्ट नेफ्रोलोजिस्टका रुपमा काम गर्दै आएकी छन् ।

संविधान दिवसको अवसरमा मानपदवीबाट विभूषित हुने चिकित्सकहरुको सूची हेर्दा डा. दिब्याकै प्रभाव रहेको देखिन्छ । बिभूषित हुने ३३ चिकित्सकमा उनी कार्यरत रहेको चिकित्सा शास्त्र अधययन संस्थान (आइओएम)बाट मात्र ११ जना परेका छन् । ती पनि शाह निकट चिकित्सकहरु । स्वास्थ्य मन्त्रालय मातहमा रहेका काठमाडौंका सरकारी अस्पतालबाट वीरका डा. सुवोध अधिकारी मात्र परेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर समेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव निकट डा सुबोधकुमार अधिकारी सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मानपदवीबाट विभूषित हुने सूचीमा छन् । डा. अधिकारी दिब्यासँगै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक परिषद्, सदस्यमा नियुक्त भएका व्यक्ति हुन् ।

प्रतिष्ठानकी विवादित उपकुलपति प्रा.डा. संगिता भण्डारीले आफ्नो पद सुरक्षित बनाउन प्रधानमन्त्रीका विश्वास पात्र शाह र स्वास्थ्यमन्त्रीका विश्वासपात्र अधिकारीलाई प्राज्ञिक परिषद्मा मनोनयन गर्न सिनेटमा प्रस्ताव लगेको प्रधानमन्त्री निकट उच्च स्रोतको भनाइ छ । त्यस्तै आइओएम बाहिरबाट पदक पाउने अर्का भाग्यमानी चिकित्सकमा डा. ज्योतिन्द्र शर्मा गनिन् पुगेका छन् । त्यो पनि डा. दिब्या निकट भएका कारण । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा शर्मा सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मानपदबीबाट विभूषित हुने सूचीमा परेका छन् । आइओएम बाहिरबाट नेपाली सेना चिकित्साशास्त्र महाविद्यालयका प्राडा नगेन्द्रबहादुर केसी र विरेन्द्र सैनिक अस्पताल डा भरतबहादुर भण्डारी सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) बाट विभूषित हुनेमा परेका छन् ।

दिब्या कै प्रभावमा आइओएमबाट मात्र डा. दिब्यासहित १२ जनाले संविधान दिवसको अवसरमा मानपदवी पाउन सफल भएको शिक्षण अस्पतालकै चिकित्सकहरु बताउँछन् । तीमध्ये प्राडा उत्तमकुमार शमा, डा प्रेम ज्ञवाली, प्राडा रामकुमार घिमिरे, डा शर्मा पौडेल, डा रत्नमणि गजुरेल, डा रमेशसिंह भण्डारी, डा इश्वर लोहनी र डा पलेस्वाँ जोशी लाखे सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) मानपदबीबाट विभूषित हुने सूचीमा पर्न सफल भएका छन् । त्यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा उत्तम श्रेष्ठ, र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी लेखा अधिकृत उमा पाण्डेसमेतले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)बाट विभूषित हुने अवसर पाएका छन् । पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको नियमित उपचार हुँदै आएको छ ।

आइओएममै कार्यरत वरिष्ठ मुटुरोग सर्जन प्राडा. भगवान कोइराला पनि उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) मानपदवीबाट विभूषित हुने सूचीमा रहेका छन् । चिकित्सा शिक्षा अध्ययन संस्थानमा डिन प्राडा जगदीश अग्रवालले पदक पाउने व्यक्तिहरु क्षमताको हिसाबले आफ्नो क्षेत्रमा धेरै अघि रहेको बताउँछन् । ‘जसले पदक पाएको हो योगदानको हिसाबले पदकले न्याय पाएको छ । प्राडा अग्रवालले भने ।’
उता आफू कार्यरत ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेलाई पनि सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदक दिलाउन उनी सफल भएकी छन् । दिब्याका गुरु अस्टे«लियन नागरिक डा डेविन फ्रयानसिसले पनि उनकै जोडबलमा सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)बाट विभूषित गरिएको हो । फ्रयानसिसले दिब्याकोे नेतृत्वमा नेपालमा पहिलोपटक मिर्गौला प्रत्यरोपण हुँदा उनलाई मार्गदर्शन गरेका थिए ।

सरकारले दिब्याका कै प्रभावमा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न भारत र सिंगापुरका चिकित्सकहरुलाई समेत पदक दिएको छ ।
संविधान दिवसको अवसरमा सरकारले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजीका चिकित्सक डा अनन्थरमन भाथसालालाई सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित गर्ने भएको हो । त्यस्तै प्रधानमन्त्रीको ओलीको उपचारमा संलग्न भएको आधारमा भारतको म्याक्स एमएक्स ग्रुप अफ हस्पिटलका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिसोन्सट्रक्सन, स्पोर्टस् इन्जुरी अफ ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख डा हर्ष दुवासमेत सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित हुने सूचीमा छन् ।

प्रधानमन्त्री कै निजी चिकित्सकको हैसियतमा उनलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको अंग प्रत्यारोपण समितिको अध्यक्ष समेत बनाइएको छ । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको लागि शाहको निकै चाकडी गर्नु परेको र लामो समयपछि मात्र कलेजो प्रत्यारोपणको अनुमति आएको कलेजो प्रत्यरोपणमा संलग्न चिकित्सकहरु अनुभव सुनाउँछन् । दिब्यालाई खुसी पार्न नसक्दा करिब डेढ वर्ष कलेजो प्रत्यारोपणको अनुमति पाउन संघर्ष गर्नु परेको ती चिकित्सकहरुको भनाइ छ । समितिले अस्पताललाई र चिकित्सकलाई अंग प्रत्यारोपणका लागि अनुमति दिएपछि मात्र अंग प्रत्यारोपणको काम अघि बढ्न सक्ने भएकाले दिब्याको भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । लोकसेवाका आयोगका अध्यक्षको नेतृत्वमा गठित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस समिति उपाध्यक्ष सिफारिस समितिमा सदस्यमा पनि दिब्यालाई नियुक्त गरिएको थियो । उनकै कारण सफारिस समितिले आयोगको उपाध्यक्षका लागि दरखास्त हाल्ने उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वाताको समय तालिका पटकपटक सार्नु परेको थियो । Photo Source: Youtube

Share604SendTweet378

सम्बन्धित खवर

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

by Kishan Regmi
June 1, 2025
0
1.6k

सुष्मा देवकोटा \ काठमाडौं, १८ जेठ राष्ट्रिय सरोकार मन्चले दिवंगत राज परिवार सदस्यको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ ।...

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

by Kishan Regmi
May 28, 2025
0
1.9k

डालस, टेक्सास – अमेरिकामा स्थापित तथा पूर्वाधार विकासमा क्रियाशील संस्था AECOM मा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारीलाई दुई वर्षको सफल...

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

by Kishan Regmi
September 24, 2024
0
1.6k

मेरो अन्तरआत्मामा आजको दिन सम्म रवी लामिछाने निर्दोश लागि रहेको छ। मेरा केहि विषय वस्तुहरू यस्ता छन ; जुन म...

Next Post
अनेरास्ववियुद्वारा सात सय ६८ विद्यार्थी तथा मजदुरलाई राहत

अनेरास्ववियुद्वारा सात सय ६८ विद्यार्थी तथा मजदुरलाई राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।