हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

मर्यादित असल कर्म गरौं,श्रमजीवीको सम्मान गरौं

Kishan Regmi by Kishan Regmi
July 11, 2024
in सबै समाचार
No photo description available.

गणेश डुम्रे ,देवदह रुपन्देही

एक भनाई छ – “बोत्तल खाली गर्नेहरुले आफ्नै जीवन र धन सम्पितलाई खाली गरे तर खाली बोत्तल उठाउनेहरु आफ्नो जीवन सुखी र समृद्ध बनाए”

श्रम सुखि र खुशी जिवनको श्रोत हो , समृद्ध राष्ट्रको पहिचान हो । सपनालाई विपनामा रुपान्तरण गर्ने आधार हो श्रम । श्रमिकहरु राष्ट्रनिर्माणका सम्वाहक हुन। आज श्रम गर्नेहरु झुपडीमा छन् । त्यीनै लाई श्रम गराउनेहरु महलमा छन् । श्रम गर्नेहरु सँग थोत्रो साइकल छ, श्रम गराउनेहरु सँग चिल्ला गाडी छन् । श्रम गर्नेहरुलाई विहान बेलुकाको छाक टार्न गाह«ो छ, श्रम गराउनेहरुलाई दैनिक रेष्टुरेन्टको पार्टीमा मनोरन्जनको व्यस्तता छ । श्रम गर्नेहरुलाई बालबालिकाहरुको पढाइ र भविष्य प्रति चिन्ता छ तर श्रम गराउनेहरुका बालबालिकाहरुलाई पढाई भन्दा मनोरन्जन र विलासिताका सामाग्रीहरु प्रति मोह र चासो छ । श्रम गर्नेहरुका भकारी रित्ता छन्, श्रम गर्नेहरु साहुको ऋणले थलिएका छन् । श्रम गराउनेहरु साहुमाहजन बनेका छन् । मजदुरका नेताहरु महलमा छन् , मँहगा गाडीमा छन् । जसले श्रम नै गर्दैनन, श्रमको महत्वनै बुझदैन तिनै नेताले श्रमिक अधिकारको चर्चा र भाषण गर्छन् ।,यो नै सच्चा श्रमिक प्रतिको व्यङ्ग्य र अपमान हो । यसै कारण मजदुर नेताहरु मालिक बनेका छन् भने मजदुरको जीवनस्तर दयनिय छ । तर यथार्थता के हो भन,े शिक्षाको सवालमा श्रम गर्नेहरु नै शिक्षामा उत्कृष्टता हासिल गरेका छन् । उनीहरुको स्वस्थ्य पनि राम्रो छ । उनिहरुमा इमान्दारिता कर्मशिलता, जिवननिर्वाह गर्ने शाहास छ त्यो नै माहनाता हो ।

एक विचार छ “ शिक्षाले मात्र होइन मान्छे, महान् इच्छाले हुन्छ” लगन छ भने सफल हुन लगानि चाइदैन” । तसर्थ समृद्ध नेपालको परिकलपनालाई सार्थक रुप दिन सपना देखेर मात्र हुदैन, संकल्प लिएर मात्र हुदैन कुर्चिको आशन र प्रभावकारी भाषणले मात्र होइन श्रम गर्नै पर्छ, पसीना बगाउनै पर्छ र श्रमलाई सम्मान गर्नै पर्छ । यो देशमा श्रम गर्नेहरुलाई सम्मान र उचित तलबमानको अभावले लाखौ उर्जाशिल युवाहरु विदेशी मरुभुमिलाई उर्भरभुमि र हरियाली बनाउन बाध्य छन् । सानै देखि छोराछोरीलाई आमा बुवाले राम्रो सँग पढिनस भने हलि बन्ने छन्, गाई भैसीँको गोबर फाल्नेछस, लेवर बन्नेछस , ड्राईभर बन्नेछस् भन्ने डर देखाउने र ति पेशा प्रतिको घृणा प्रकट गर्नाले उनीहरुमा श्रमिक प्रतिको सम्मान हराउने छ, पढे लेखेकाहरु अर्थात शिक्षितहरु श्रमिक हुनुहुदैन र उनीहरुले श्रम गरेर पसिना बगाउनु हुदैन भन्नु गलत मानसिकता जब सम्म नेपालीको मानसपटलबाट हराउदैन तब सम्म हाम्रो परिस्थितिमा कुनै परिवर्तन आउदैन । गोबर फाल्ने व्यक्ति र फोहोर उठाउने व्यक्ति फोहोरी होइन, रक्सीको बोत्तल उठाउने व्यक्ति रक्सी खाने जति वेवारिसे र असभ्य पनि हुदैन, एक खलासी विना हाम्रो यात्रा सुरक्षित हुदैन, एक ड्राइभर विना हाम्रो गन्तव्य टुङ्गिदैन, एक कृषक विना होम्रा पेट भरिदैन, लेवर विना हाम्रो आवास बन्दैन तसर्थ हाम्रा बालबालिकालाई सानै देखि श्रम गर्ने बानी बसालौ ।

इतिहास साक्षि छ, श्रम गर्नेहरुले नै शिक्षा ,ब्यापार ,उधोग व्यवसाय हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरेका छन् । विनोद चौधरीलाई अरवपत्ति बनाउने पनि श्रम हो, मुकेश अम्वानीलाई धनाढ्य बनाउने पनि परिश्रम नै हो र विलगेटलाई विश्व धनाढ्य बनाउने पनि लगलनशिलता नै हो ।

मानिसले सिर्जनाको उपहार एक जोडी हात पाएको छ । कर्मपथमा अविरल रुपमा अघि बढन एक जोडी पाउ पाएको छ , नित्य निरन्तर नविन कुरा चिन्तन गर्न उर्वर मस्तिष्क पाएको छ । मानिसले प्राप्त गरेका यिनै र यस्तै अंगहरुलाई गतिशिल तुल्यालाएर अघि बढनुनै बास्तविक श्रमको सार्थकता र महत्व रहन्छ ।

आज नेपाल श्रोत र साधनले भरिपूर्ण छ , प्राकृतिक सोन्र्दयताको खानी नेपाल विश्वको एक मात्रै स्वतन्त्र र सार्वभौेम देश हो । तर हामी नेपाली पूर्ण रुपमा परनिर्भर छौ । विदेशीको तीन दिनको नाकाबन्दिले हाम्रा सम्पूर्ण पाइलाहरुमा अवरोध आउछ । चुलोमा आगो बल्दैन, गाडी गुडाउन इन्धन हुदैन तर बाहिरी आवरणमा हेर्दा विदेशी मरुभुमिमा रगत र पसिनालाई नगद संग साटने हाम्रा उर्जाशिल युवाको कमाईमा परिश्रममा हाम्रा खुट्टामा डिङ्गो अमेरिकी जुत्ता हुन्छन् , हाम्रा सडकमा मारुती, पजेरा र टोयटाका कारहरु हुन्छन्, हाम्रा अाँखामा बेलायती चस्मा, चाइनिज कलम, जापनिज घडी र बानरसि साडी हुन्छ्न् अर्थात परनिर्भताको पराकाष्टले गर्दा बाहिरी रुपमा हामी जति नै सम्पन्नशाली भएता पनि भित्रि रुपमा खोक्रीएका छौ । हामी सबै चिजमा भरिपूर्ण भएता पनि परिश्रम, जाँगर र उत्साहको अभावले थलिएका छौ । तसर्थ उठौ युवा, आम नेपाली, आफ्ना कुटा, कोदाला, नाङग्ला, कलम, श्रम उचालौ अनि समृद्धको यात्राको बाटो खन्न सुरु गरौ ।

बुवाको कमाइमा मात्र आश्रित छोराले कहिल्यै प्रगति गर्दैन् । दैनिक खर्चको लागि श्रीमान्सँग आश गर्ने श्रीमती सदैव पराधिन हुन्छिन्, अर्काले लेखेको भाषण गर्ने नेताको व्यक्तित्व र नेतृत्वमा निखारता आउदैन, अर्थात आफ्नै परिश्रम विनाको आशाले निरासा छाउँछ । परिश्रमीलाई अवसरले पछाउँछ । एटम बमले ध्वस्त पारेको जापान परिश्रमकै कारण आर्थिक माहाशक्तिका रुपमा उदाएको छ । युद्धले खण्ड खण्ड भएको जर्मनी परिश्रमकै कारण विकासको चरम सिमामा पुग्यो । एक पटकको भुकम्पमा विदेशीले दिन चाहेको ऋण अस्विकार गर्दै आफ्नै परिश्रममा विश्वास गर्ने चीनले आर्थिक स्वालम्वनको अनुपम उदाहरण विश्वमाझ प्रस्तुत गरेको छ । आफ्नै परिश्रममा विश्वास गर्ने, आफ्नै श्रोतलाई परिचालन गर्ने व्यक्ति र राष्ट्र नै उन्नती र प्रगतिको सिडी चढेर विकासका शिखर आरोहण गर्न सक्द छ । तसर्थ बौद्धिक र शारिरीक श्रमको संयोजनबाट नै राष्ट्रले आशातित प्रगति हासिल गर्न सक्छ । श्रम नै मानव जिवन हो, श्रमविहिन जीवनको न त तर्क हुन्छ , नत अर्थ नै हुन्छ , नत मुल्य नै हुन्छ ।

विश्व श्रमिक दिवसमा श्रमिक मात्र होइन श्रमविहिन पनि एक जुट हुनुपर्छ, श्रमको महत्व र आवश्यकता मनन् गर्नुपर्छ र श्रमको लागि आवश्यक अवसरको खोजी गर्नु पर्छ । श्रम विहिन श्रमिकका नेताले श्रमिक दिवसमा श्रमिकहरुलाई भेला गराएर उनिहरुको हक र अधिकारको कुरा गर्नु ,भाषण गर्नु कुनै अर्थ हुदैन किनकि नुन गुलियो छ कि नुनिलो रङ्ग हेरेर होइन , खुर्सानी पिरो छ कि तितो चाख्नै पर्छ तसर्थ श्रमको महत्व बुझनलाई परिश्रम गनै पर्छ ।

Share612SendTweet382

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
स्नेहा र जीवन भट्टराईको अभिनयमा गायिका अन्जुको ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक (भिडियो)

स्नेहा र जीवन भट्टराईको अभिनयमा गायिका अन्जुको 'खोला जस्तो जिन्दगी' सार्वजनिक (भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।