हाम्रो बारेमा
Monday, May 25, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home रिपोर्टर्स खोज

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

Reporterclub America by Reporterclub America
September 26, 2023
in रिपोर्टर्स खोज
चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ७ जेठ : नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ ।

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले आज देशभर सामान्य बदली रही पूर्वी भूभागका धेरैजसो स्थानहरु, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

शुरुमा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली १६ मे, २०२० साँझ चक्रवातमा विकसित भएको थियो । यस चक्रवातको नाम अंपुन नामाङ्कन गरिएको छ । उक्त चक्रवात शुरुमा उत्तर–उत्तरपश्चिम दिशातर्फबाट अगाडि बढ्दै गरेकामा पछि उत्तर–उत्तरपूर्वतर्फ अगाडि बढिरहेको छ ।

यो चक्रवात अझ शक्तिशाली बन्दै भारतको पश्चिम बङ्गाल÷बङ्गलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ । मौसमविद् कँडेलका अनुसार नेपालमा अंपुन चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरी पूर्वी र मध्य क्षेत्रको मौसम आगामी तीन÷चार दिन प्रभावित हुनेछ ।

हाल देशको सुदूरपश्चिम र प्रदेश नं ५ को तराईका भूभागबाहेक अन्य सबै स्थानमा सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशको पूर्वी भूभागमा पूर्ण बदली तथा मध्य भूभागमा आंशिक बदली रही पूर्वी भूभागका धेरै स्थानमा तथा मध्य भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली रही पश्चिमी भूभागमा आंशिक बदली भइ मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशको पूर्वी भूभागलगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्यतया बदली रही पूर्वी भूभागका केही स्थान साथै मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव चार डिग्री र अधिकतम तापक्रम २९ दशमलव छ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव तीन डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३९ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।रासस File Photo

Share606SendTweet379

सम्बन्धित खवर

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

by Kishan Regmi
June 1, 2025
0
1.6k

सुष्मा देवकोटा \ काठमाडौं, १८ जेठ राष्ट्रिय सरोकार मन्चले दिवंगत राज परिवार सदस्यको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ ।...

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

by Kishan Regmi
May 28, 2025
0
1.9k

डालस, टेक्सास – अमेरिकामा स्थापित तथा पूर्वाधार विकासमा क्रियाशील संस्था AECOM मा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारीलाई दुई वर्षको सफल...

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

रवीको आँगमनले राजनैतिक मृत्युशैयामा पुगेका दलहरूमा छटपट्टि …

by Kishan Regmi
September 24, 2024
0
1.6k

मेरो अन्तरआत्मामा आजको दिन सम्म रवी लामिछाने निर्दोश लागि रहेको छ। मेरा केहि विषय वस्तुहरू यस्ता छन ; जुन म...

Next Post
मृत्युको अनुमानित जानकारी दिने सुपर कम्प्युटर

मृत्युको अनुमानित जानकारी दिने सुपर कम्प्युटर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।