हाम्रो बारेमा
Monday, May 25, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home एनआरएनए सम्वाद

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता

Reporterclub America by Reporterclub America
September 26, 2023
in एनआरएनए सम्वाद
युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता

६ पुस, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गर्नुहुनेभएको छ ।साथै उहाँले वासिङ्टनमा अमेरिकी काङ्ग्रेस (संसद)लाई सम्बोधन गरी युक्रेन युद्ध र आगामी योजनाबारे सांसदहरूलाई जानकारी गराउनुहुने वासिङ्टन स्रोतले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धको हालसम्मको भयावह परिणामको समीक्षा गर्न र अर्को वर्षका लागि लक्ष्य तय गर्न आफ्ना उच्च सैन्य अधिकारीहरूलाई भेट्ने योजना बनाएकै दिन गोप्य रूपमा तय गरिएको यो भ्रमण हुन लागेको हो । जेलेन्स्कीले बुधबार ट्वीटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेख्नुभएको छ, “युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु ।” ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, “यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ ।

गत फेब्रुअरीमा रूसी सेनाले युक्रेनको कीभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हुनेछ । राष्ट्रपति जेलेन्स्कीको वासिङ्टन भ्रमण रूस–युक्रेन युद्धको ३०० औं दिनमा भएको छ । रूसी सेनालाई पश्चिमा मुलुकहरूद्वारा सहयोग गरिएको हतियार र समर्थनमा युक्रेनी सेनाले यस पहिले कब्जा गरिएको क्षेत्रबाट पछि हट्न बाध्य परिरहेको छ ।

युक्रेनले रूससँग थप असफलताहरूबाट बच्न सङ्घर्ष गरिरहेको छ । जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्नुहुनेछ, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश छ । प्याट्रियट क्षेप्यास्त्रलाई रूसको दण्डात्मक क्षेप्यास्त्र र उसको पूर्वाधारमा ड्रोन आक्रमण रोक्न कीभलाई मद्दत गर्न महत्वपूर्ण मानिएको छ । त्यसपछि जेलेन्स्कीले अमेरिकी काङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ‘प्रजातन्त्रका लागि निकै विशेषरूपमा ध्यान केन्द्रित’ हुने बताउनुभएको छ । डिसेम्बर ११ मा बाइडेन र जेलेन्स्कीबीच भएको फोन वार्ता, एक हप्ताअघि औपचारिक निमन्त्रणा र आइतबार भ्रमणको पुष्टि भएपछि भ्रमणको योजना गोप्यरूपमा तय गरिएको थियो । जेलेन्स्कीको यात्रालाई लिएर सुरक्षा चिन्ता कायमै रहेको भन्दै अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई अनुरोध गरेपछि भ्रमणको विस्तृत विवरण मङ्गलबार अपराह्न सार्वजनिक भएको थियो ।

ह्वाइट हाउसको वार्तामा बाइडन र जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र सहयोगीहरूले प्रदान गर्ने हतियार र प्रशिक्षण, रूसमाथि प्रतिबन्ध र अन्य दबाब, र युक्रेनलाई आवश्यक पर्ने आर्थिक र मानवीय सहायताबारे छलफल गर्ने ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले बताउनुभएको छ । “उनीहरूले यस द्वन्द्वका हरेक पक्षबारे छलफल गर्नेछन्, जसमा युद्धभूमिको अवस्था र यसपछिका सम्भावित युद्धस्थलबारे पनि छलफल हुने कार्यक्रममा समावेश गरिएको छ,” उहाँले भन्नुभयो । यो भ्रमणले पुटिनलाई ह्वाइट हाउस, वासिङ्टन, स्वतन्त्र विश्व, युक्रेनलाई समर्थन गर्ने सबै राष्ट्रका तर्फबाट एकता र संकल्पको बलियो सन्देश दिन उहाँले बताउनुभयो । तर यसमा पुटिनसँग वार्ताका लागि जेलेन्स्कीलाई दबाब दिइने वा नदिइने बिषयबारे केही समावेश गरिएको छैन ।

जेलेन्स्कीले युक्रेनको डोनेट्स्क ओब्लास्टस्थित बाख्मुतको अग्रपङ्तीको जोखिमपूर्ण भ्रमणपछि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । बख्मुत क्षेत्रमा रूस र युुक्रेन दुवै पक्षले विगत दुई महिनादेखि लगातार गोलीबारी गरिरहेको र यसबाट दुवैतर्फ ठूलो क्षति भएको छ । कुनै समय अङ्गुर र नुनखानीका लागि चिनिने बाख्मुतको वरपर गोलाबारी बर्सिँदा शहर र यसको वरपरको ठूलो भागमा क्षति पुगेको छ । बाख्मुत भ्रमणमा जेलेन्स्कीले युक्रेनी लडाकुहरूलाई हौसला दिँदै भन्नुभएको थियो, “यहाँ (डोनबास) बाट तपाईं सम्पूर्ण युक्रेनको रक्षा गरिरहनुभएको छ ।” “यो युद्धपूर्वको सामान्य बाख्मुत मात्र होइन, यो अब युक्रेनी सेनाको किल्ला पनि हो,” युक्रेनका सैनिकहरूलाई सम्मान प्रदान गर्दै उहाँले भन्नुभयो । सैनिकहरूले जेलेन्स्कीलाई उनीहरूको हस्ताक्षर गरिएको युक्रेनी झण्डा दिँदै यसलाई बाइडेन र अमेरिकी काङ्ग्रेसमा प्रस्तुत गर्न आग्रह गरिएको थियो । उनीहरूले आफुलाई भनेको कुरा सुनाउँदै जेलेन्स्कीले भन्नुभयो, “हामीसँग कठिन परिस्थिति छ, शत्रु (रूस)ले आफ्नो सङ्ख्या बढाइरहेको छ । हाम्रा लडाकूहरू साहसी छन् तर हामीलाई थप हतियार चाहिएको छ ।”

Share601SendTweet376

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

NRNA USA बैठक सम्पन्न: नयाँ सरकारलाई बधाई, वार्षिक सम्मेलन जुलाईमा

by Kishan Regmi
April 4, 2026
0
1.6k

अमेरिका, अप्रिल ४, २०२६ — Non-Resident Nepali Association National Coordination Council USA (NRNA USA) को पूर्ण कार्यसमिति बैठक जुममार्फत सम्पन्न...

Next Post
अमेरिकाको ड्यालसमा कन्सुलर सेवा शिविर सम्पन्न, ५ सय १६ जना नेपालीले प्राप्त गरे सेवा

अमेरिकाको ड्यालसमा कन्सुलर सेवा शिविर सम्पन्न, ५ सय १६ जना नेपालीले प्राप्त गरे सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।