हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

 बुद्ध परिपथका नगरपालिका प्रमुखहरुलाई लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम

Kishan Regmi by Kishan Regmi
March 16, 2025
in सबै समाचार
 बुद्ध परिपथका नगरपालिका प्रमुखहरुलाई लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम

March 16 Sunday अर्जुन न्यौपाने,

लुम्बिनी सेवा समाज अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा रहनु भएका बुद्ध परिपथका  नगरपालिकाका प्रतिनिधि तथा अधिकृत सदस्यहरुलाई टेक्ससको यूलेसमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व सम्पदा सुचिमा सुचिकृत भगवान गौतमबुद्ध को पवित्र जन्मस्थल “ लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमा लुम्बिनी सेवा समाजको आफ्नै मौलिक पहिचान पन्चेबाजाको मीठो प्रस्तुति सहित प्रतिनिधिहरुलाई स्वागत तथा  खादा टिका सहित सम्मान  गरिएको थियो ।

 बुद्ध परिपथका नगरपालिकाहरु तर्फबाट बुद्ध मावली मायादेवीको माईत देवदह नगरपालिका रुपन्देही नगर प्रमुख श्री ध्रुब प्रसाद खरेल,  प्राचिन कपिलवस्तु नगरपालिका नगर प्रमुख श्री सुदिप पौडेल, रामग्राम नगरपालिका नवलपरासीका नगर प्रमुख श्री धनपत यादव ,तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत श्री नारायण अर्याल, नेपाल सरकारका उपसचिव श्री राम प्रसाद ज्ञवाली, बुद्ध जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीका लेखा अधिकृत श्री रामचन्द्र अर्याल र बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता श्री तुलसीराम लामिछाने भ्रमण प्रतिनिधिमा रहनु भएको छ ।

 कार्यक्रममा अधिकृत नारायण पोख्रेलले भ्रमणको उद्देश्यको बारेमा प्रकाश पार्दै बुद्ध परिपथमा रहेका बुद्धसँग सम्बन्धित स्थानहरुको परिचय र स्थानहरुको महत्वबारे जानकारी गराउनु भयो । नगर प्रमुख ध्रुब खरेलले  समग्र देवदह बुद्ध मावली क्षेत्रभित्र रहेका बुद्धमाता मायादेवीका माईती स्थानहरुको परिचय दिँदै पछिल्लो समय नेपाल वृदहरुको भूमी हुँदै गईरहेकाले नेपाल फर्क अभियानमा लाग्न समेत आग्रह गर्नुभयो । कपिलवस्तु नगरप्रमुख सुदिप पौडेलले कपिलवस्तुमा रहेका बुद्धसँग सम्बन्धित स्थानहरुको विशेषता जानकारी गराँउदै हामी नेपालीहरु जुन देश र स्थानमा रहेपनि बुद्धत्वको बारेमा प्रचार प्रसार आग्रह गर्नुभयो । त्यस्तै रामग्राम नगरप्रमुख गनपत यादवले रामग्राम, र त्रिवेणीधामको परिचय र महत्व दर्साउँदै बुद्ध सर्किटको अबधारणा प्रस्तुत गर्नुभयो ।  नगरपालिकाका समन्वयकर्ता श्री तुलसीराम लामिछानेले बुद्धभूमीको  परिचय र महत्वलाई व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्ने आवश्यकताका बारेमा बुँदाहरु प्रस्तुत गर्नुभयो । 

टेक्सासको राजधानी अस्टिनमा टेक्सासको सभाले मार्च १३ लाई लुम्बिनी दिवसको रुपमा मनाउने घोषणा गरेको खबर सुनाउन पाँउदा आफूहरु उत्साहित रहेको भ्रमण टोलीका सदस्यहरुले व्यक्त गर्दै यस अभियानमा सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभयो । पन्चेबाजाको मीठो प्रस्तुतिले आँफूहरुलाई नेपाली पनको आभास दिलाएको सहभागीहरुले  खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा युलेस सिटी उप-मेयर टिका पौडेल नेपाली समाज टेक्सास का बरिष्ठ उपाध्यक्ष जनक भण्डारी प्रवक्ता किरण पौडेल, पूर्व अध्यक्ष राम चन्द्र पोख्रेल,  आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।स्थानीय संघ संस्थाका प्रतिनिधि, समाजका कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार,  कलाकार, लगाएतका  व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमा   अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षता तथा उपाध्यक्ष सरिता शर्मा को स्वागत मन्तव्य  एवम् दिपक भण्डारीको संस्थाको समग्र परिचय तथा कार्यक्रमको संचालन सचिव टंक नाथ अधिकारीले गर्नुभएको थियो ।

 

Share660SendTweet413

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
पशुपतिनाथ मन्दिर प्राङ्गणमा रक्तदान

पशुपतिनाथ मन्दिर प्राङ्गणमा रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।