हाम्रो बारेमा
Monday, February 16, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

टेक्सस भित्रका नेपाली कम्युनिटीहरु व्यवस्थित बन्दै

Kishan Regmi by Kishan Regmi
April 24, 2025
in सबै समाचार

April 24 अर्जुन न्यौपाने,

अमेरिकमा सर्वाधिक नेपालीहरुको बसाइ रहेको राज्य टेक्सस् पछिल्लो समय नेपालीहरुको बसोबासका लागि पहिलो गन्तव्य बन्ने गरेको नेपालीहरुको जनघनत्वले पुष्टि गरेको छ। प्रत्यक्ष रुपमा नेपालबाट टेक्सस आउने र अन्य राज्यहरुबाट यहाँ आउनेको संख्या समान रहेको टेक्ससमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु बताउँछन् । नेपालीहरु कहिलेदेखि यहाँ बसोबास गर्न शुरु गरेहोलान भन्ने जिज्ञासामा १९८० देखि नै नेपालीहरु बसोबास गरेको ईतिहास रहेको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो । घर बसोबास ,व्यवसायका लागि सहज, नेपालीहरुको अनेकतामा एकताको बलियो एकीकृत समुदाय र धार्मिक मन्दिरको परियोजनाले गर्दा नेपालीहरुको रोजाइ गन्तव्यमा टेक्सस पर्ने गरेको तथ्यमा भुसालले जोड दिनुभयो । टेक्ससमा मात्रै १ लाख भन्दा बढी ( अनुमानित) नेपाली जनसंख्या भईसकेको भुसालले बताउनुभयो ।

टेक्सासको DFW मेट्रो भित्र पनि साना – साना सिटिहरुमा नेपालीहरुको जनसङ्ख्या बढ्दो छ । पहिला युलेस र अरभिङ क्षेत्र नेपालीको रोजाई भएपनि अहिले फ्रिस्को, मिकिनि, फोर्नि, प्रानो, डेन्टन, फोर्टवर्थ , साउथ फोर्टवर्थ , केलर , ह्यासलेट नेपालीको मुख्य रोजाईको क्षेत्र बनेका छन । DFW मेट्रो नै २ – ३ घण्टाको ड्राइभिङ क्षेत्र ओगट्ने भएकोले अब नेपाली उल्लेखित भएका क्षेत्रमा नेपाली गातिविधि र कार्यक्रम लगाएत सामुदायिक कार्यक्रम गर्नु पर्ने देखिन्छ । युलेसमा नेपाली मान्दिर छ । अब NST वा मन्दिरले गर्ने कार्यक्रम र नेपाली कक्षाले मात्र डिमाण्ड पुरा गर्ने सक्दैन साथै यहाँ आँउन , बच्चा लाई नेपाली सिकाउनलाई तथा अन्य कार्यक्रमहरुमा सहभागिता जनाउनलाई २ /३ घण्टा DFW भित्रैबाट ड्राइभिङ गर्नु पर्ने भएकाले अरु साना सिटिमा पनि नेपाली कक्षा , र नेपाली कला – संस्कृति , चाडपर्व विशेष कार्यक्रम त्यहि गुर्न पर्ने आवश्यकता देखिन्छ । DFW भित्रका सिटिहरु जहाँ नेपालीको उल्लेखनीय बसोबास छ त्यहाँ नेपालीहरु स्थानिय रुपमै संगठित भएर आवश्यकता पर्दा संघ संस्था खोलेर स्थानीय रुपमै व्यवस्थित र नेपालीलाई आवश्यक पर्ने सामुदायिक भवन , नेपाली पाठशाला र हाम्रा चाडपर्व र संस्कार अनुसारका कार्यक्रम गर्ने आवश्यक सामाग्रि तथा सामुदायिक भवन निर्माणमा जग्गा खरिद गर्ने आजैबाट सोच्न पर्ने अवश्यकता रहेको NST सचिव तथा ह्यासलेट नेपाली समुदायका सक्रिय पुण्य पाण्डेले बताउनु भयो । टेक्सस अन्तर्गतका सिटीहरु मध्ये फोर्थवर्थ हेसलेट सिटीमा २०१९ देखि नेपालीहरु बसोबास गर्दै आईरहेको र प्रत्येक वर्ष अत्याधिक चापका साथ नेपालीहरु यस सिटीमा भित्रिने गरेको हेसलेट नेपाली कम्यूनिटीका संयोजक पाण्डेले जानकारी दिनुभयो ।

जहाँ जसको जनघनत्व बढ्छ त्यहाँ त्यस समुदायसँग सम्बन्धित भाषा ,धर्म,संस्कृति ,चाडपर्व रीतिरिवाज र परम्पराहरु पनि सँगै जोडिएर आउने गर्दछन् । नेपालीहरु विश्वका जुनसुकै देश र क्षेत्रमा छरिएर रहेतापनि आफ्नो धर्म र संस्कृतिलाई प्राथमिकतामा साथ दिएर रमाउने गर्दछन् । यिनै नेपाली मौलिकतामा रहेर ह्यसलेट कम्यूनिटीका कार्यक्रमहरु हुने गरेको पाण्डेले बताउनु भयो । कम्यूनिटीमा समय अनुसारका चाडपर्वमा जमघटहरु तीज कार्यक्रम, देउसी भैलो कार्यक्रम, खेलकूद ( विशेष गरेर भलिबल ) र प्रत्येक वर्ष आयोजना गरिने पारिवारिक पिकनिक कार्यक्रमले ह्यसलेट नेपालीहरुको छुट्टै विशेषता दर्शाएको ह्यसलेट निवासी भोला मैनाली बताउनुहुन्छ । नेपाली कम्युनिटीलाई भविष्यमा थप व्यवस्थित बनाउनका लागि बहुउद्देशीय योजनाहरु पनि बनिरहेको जसमा आफ्नै जग्गामा कम्युनिटी भवनका लागि पनि पहल बनाउँदै गईरहेको संयोजक पाण्डे जानकारी दिनुभयो । अहिले हामीले जग्गा मात्र जोडन सक्यौ भने भविष्यमा केही पुर्वाधार निर्माण गर्ने सकिन्छ । यसले स्थानीय समुदाय व्यवस्थित हुनका साथै कार्यक्रममा DFw को ट्राफिकमा लामो यात्रा गरेर युलेस नै पुग्नु पर्ने विस्तारै कम गर्ने सक्छ । अब समय आईसक्यो , नेपाली हरु जहाँ नगन्य मात्रामा छन त्यहाँ आफै जुटेर आफुलाई चाहिने पुर्वाधार र सामुदायिक कार्यक्रम गर्ने पाण्डेको विशेष जोड थियो । पूर्वाधारहरु जोडन सकियो भने कम्युनिटीमा हुने चाडपर्व अनुसारका कार्यक्रम, बच्चाहरुका कार्यक्रम लगाएत समुदायमा हुने नेपाली कार्यक्रमहरुका लागि सहज बन्न सक्छ । हालसम्म ख़ाना व्यवस्थापनमा आवश्यक पर्ने भाँडाहरु लगभग तयार भईसकेको , साँगितिक कार्यक्रमका लागि वाद्यवादनका सामान जुटाउँदै गईरहेको , खेलकूद सम्बन्धि सामग्री किनिएको पाण्डेले बताउनु भयो ।

Share645SendTweet403

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न

टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।