हाम्रो बारेमा
Saturday, May 17, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

टेक्सस भित्रका नेपाली कम्युनिटीहरु व्यवस्थित बन्दै

Kishan Regmi by Kishan Regmi
April 24, 2025
in सबै समाचार
टेक्सस भित्रका नेपाली कम्युनिटीहरु व्यवस्थित बन्दै

April 24 अर्जुन न्यौपाने,

अमेरिकमा सर्वाधिक नेपालीहरुको बसाइ रहेको राज्य टेक्सस् पछिल्लो समय नेपालीहरुको बसोबासका लागि पहिलो गन्तव्य बन्ने गरेको नेपालीहरुको जनघनत्वले पुष्टि गरेको छ। प्रत्यक्ष रुपमा नेपालबाट टेक्सस आउने र अन्य राज्यहरुबाट यहाँ आउनेको संख्या समान रहेको टेक्ससमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु बताउँछन् । नेपालीहरु कहिलेदेखि यहाँ बसोबास गर्न शुरु गरेहोलान भन्ने जिज्ञासामा १९८० देखि नै नेपालीहरु बसोबास गरेको ईतिहास रहेको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो । घर बसोबास ,व्यवसायका लागि सहज, नेपालीहरुको अनेकतामा एकताको बलियो एकीकृत समुदाय र धार्मिक मन्दिरको परियोजनाले गर्दा नेपालीहरुको रोजाइ गन्तव्यमा टेक्सस पर्ने गरेको तथ्यमा भुसालले जोड दिनुभयो । टेक्ससमा मात्रै १ लाख भन्दा बढी ( अनुमानित) नेपाली जनसंख्या भईसकेको भुसालले बताउनुभयो ।

टेक्सासको DFW मेट्रो भित्र पनि साना – साना सिटिहरुमा नेपालीहरुको जनसङ्ख्या बढ्दो छ । पहिला युलेस र अरभिङ क्षेत्र नेपालीको रोजाई भएपनि अहिले फ्रिस्को, मिकिनि, फोर्नि, प्रानो, डेन्टन, फोर्टवर्थ , साउथ फोर्टवर्थ , केलर , ह्यासलेट नेपालीको मुख्य रोजाईको क्षेत्र बनेका छन । DFW मेट्रो नै २ – ३ घण्टाको ड्राइभिङ क्षेत्र ओगट्ने भएकोले अब नेपाली उल्लेखित भएका क्षेत्रमा नेपाली गातिविधि र कार्यक्रम लगाएत सामुदायिक कार्यक्रम गर्नु पर्ने देखिन्छ । युलेसमा नेपाली मान्दिर छ । अब NST वा मन्दिरले गर्ने कार्यक्रम र नेपाली कक्षाले मात्र डिमाण्ड पुरा गर्ने सक्दैन साथै यहाँ आँउन , बच्चा लाई नेपाली सिकाउनलाई तथा अन्य कार्यक्रमहरुमा सहभागिता जनाउनलाई २ /३ घण्टा DFW भित्रैबाट ड्राइभिङ गर्नु पर्ने भएकाले अरु साना सिटिमा पनि नेपाली कक्षा , र नेपाली कला – संस्कृति , चाडपर्व विशेष कार्यक्रम त्यहि गुर्न पर्ने आवश्यकता देखिन्छ । DFW भित्रका सिटिहरु जहाँ नेपालीको उल्लेखनीय बसोबास छ त्यहाँ नेपालीहरु स्थानिय रुपमै संगठित भएर आवश्यकता पर्दा संघ संस्था खोलेर स्थानीय रुपमै व्यवस्थित र नेपालीलाई आवश्यक पर्ने सामुदायिक भवन , नेपाली पाठशाला र हाम्रा चाडपर्व र संस्कार अनुसारका कार्यक्रम गर्ने आवश्यक सामाग्रि तथा सामुदायिक भवन निर्माणमा जग्गा खरिद गर्ने आजैबाट सोच्न पर्ने अवश्यकता रहेको NST सचिव तथा ह्यासलेट नेपाली समुदायका सक्रिय पुण्य पाण्डेले बताउनु भयो । टेक्सस अन्तर्गतका सिटीहरु मध्ये फोर्थवर्थ हेसलेट सिटीमा २०१९ देखि नेपालीहरु बसोबास गर्दै आईरहेको र प्रत्येक वर्ष अत्याधिक चापका साथ नेपालीहरु यस सिटीमा भित्रिने गरेको हेसलेट नेपाली कम्यूनिटीका संयोजक पाण्डेले जानकारी दिनुभयो ।

जहाँ जसको जनघनत्व बढ्छ त्यहाँ त्यस समुदायसँग सम्बन्धित भाषा ,धर्म,संस्कृति ,चाडपर्व रीतिरिवाज र परम्पराहरु पनि सँगै जोडिएर आउने गर्दछन् । नेपालीहरु विश्वका जुनसुकै देश र क्षेत्रमा छरिएर रहेतापनि आफ्नो धर्म र संस्कृतिलाई प्राथमिकतामा साथ दिएर रमाउने गर्दछन् । यिनै नेपाली मौलिकतामा रहेर ह्यसलेट कम्यूनिटीका कार्यक्रमहरु हुने गरेको पाण्डेले बताउनु भयो । कम्यूनिटीमा समय अनुसारका चाडपर्वमा जमघटहरु तीज कार्यक्रम, देउसी भैलो कार्यक्रम, खेलकूद ( विशेष गरेर भलिबल ) र प्रत्येक वर्ष आयोजना गरिने पारिवारिक पिकनिक कार्यक्रमले ह्यसलेट नेपालीहरुको छुट्टै विशेषता दर्शाएको ह्यसलेट निवासी भोला मैनाली बताउनुहुन्छ । नेपाली कम्युनिटीलाई भविष्यमा थप व्यवस्थित बनाउनका लागि बहुउद्देशीय योजनाहरु पनि बनिरहेको जसमा आफ्नै जग्गामा कम्युनिटी भवनका लागि पनि पहल बनाउँदै गईरहेको संयोजक पाण्डे जानकारी दिनुभयो । अहिले हामीले जग्गा मात्र जोडन सक्यौ भने भविष्यमा केही पुर्वाधार निर्माण गर्ने सकिन्छ । यसले स्थानीय समुदाय व्यवस्थित हुनका साथै कार्यक्रममा DFw को ट्राफिकमा लामो यात्रा गरेर युलेस नै पुग्नु पर्ने विस्तारै कम गर्ने सक्छ । अब समय आईसक्यो , नेपाली हरु जहाँ नगन्य मात्रामा छन त्यहाँ आफै जुटेर आफुलाई चाहिने पुर्वाधार र सामुदायिक कार्यक्रम गर्ने पाण्डेको विशेष जोड थियो । पूर्वाधारहरु जोडन सकियो भने कम्युनिटीमा हुने चाडपर्व अनुसारका कार्यक्रम, बच्चाहरुका कार्यक्रम लगाएत समुदायमा हुने नेपाली कार्यक्रमहरुका लागि सहज बन्न सक्छ । हालसम्म ख़ाना व्यवस्थापनमा आवश्यक पर्ने भाँडाहरु लगभग तयार भईसकेको , साँगितिक कार्यक्रमका लागि वाद्यवादनका सामान जुटाउँदै गईरहेको , खेलकूद सम्बन्धि सामग्री किनिएको पाण्डेले बताउनु भयो ।

Share630SendTweet394

सम्बन्धित खवर

अर्जुन न्यौपाने April 28 टेक्सस, लुम्बिनी सेवा समाज अमेरिका द्वारा नेपाली नयाँ वर्ष २०८२ तथा मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनको सुखद अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम एक कार्यक्रमबीच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली समाज टेक्सास, नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र, गैर आवासीय नेपाली संघ समन्वय परिषद अमेरिका, तामाङ सोसाइटी लगाएतका संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, पत्रकार,यस समाजका सदस्य तथा शुभेच्छुक महानुभावहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक सरिता शर्मा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना आदान-प्रदान का साथै कलाकार भाइ, बैनी हरूका नृत्य, मधुर स्वरका धनि लोकप्रिय गायक भिम चापागाईंको गायन तथा समाजको आफ्नै पन्चेबाजा सहितले कार्यक्रम संगीतमय बनेको थियो। कार्यक्रममा आमाको मुख हेर्ने दिनको सुखद अवसर भएको हुनाले आमाहरूप्रति शुभकामना व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण आमाहरूलाई केक वितरण गरी खुसी साटासाट गरिएको थियो । निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्त समयका बावजूद उपस्थित भइ कार्यक्रमलाई सफल र गौरवपूर्ण बनाउन सहयोग पुर्याउनु हुने संघ–संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, गायक भिम चापागाईं ज्यु, कलाकार भाई बैनी, पन्चेबाजा समुहका वाध्यवाधक कलाकार मित्रहरू, कार्यक्रम संयोजक सरिता शर्मा ज्यु कार्यसमितिका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू,यस संस्था अन्तर्गतका सदस्यज्यूहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा लुम्बिनी सेवा समाज अमेरिका परिवारको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ । उपस्थितिले कार्यक्रमलाई थप आकर्षक,सव्य र भव्यताका साथ सफल बनाएको अनुभूति गर्दै आगामी दिनहरूमा पनि यस्तै निरन्तर सहकार्य, सद्भाव र समर्थनको अपेक्षा राख्दै पुनः सम्पूर्ण सहभागी महानुभावहरूलाई लुम्बिनी सेवा समाज अमेरिका परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ । You sent

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नववर्ष तथा मातातीर्थ औंसीको अवसरमा शुभकामना एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

by Kishan Regmi
April 28, 2025
0
1.6k

अर्जुन न्यौपाने April 28 टेक्सस, लुम्बिनी सेवा समाज अमेरिका द्वारा नेपाली नयाँ वर्ष २०८२ तथा मातातीर्थ औंसी आमाको मुख हेर्ने...

निर्वासित शरणार्थीहरूको जीवन अझै अन्योलमा, मानव अधिकार खोइ भूटानमा ?

निर्वासित शरणार्थीहरूको जीवन अझै अन्योलमा, मानव अधिकार खोइ भूटानमा ?

by Kishan Regmi
April 6, 2025
0
1.5k

Arzun Pradhan April 6, सन् १९९० को दशकमा भूटान सरकारले नेपालीभाषी भूटानी समुदायलाई बलपूर्वक देश निकाला गरी नेपालमा शरण लिन...

 बुद्ध परिपथका नगरपालिका प्रमुखहरुलाई लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम

 बुद्ध परिपथका नगरपालिका प्रमुखहरुलाई लुम्बिनी सेवा समाज अमेरिकाद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रम

by Kishan Regmi
March 16, 2025
0
1.6k

March 16 Sunday अर्जुन न्यौपाने, लुम्बिनी सेवा समाज अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा रहनु भएका बुद्ध परिपथका  नगरपालिकाका प्रतिनिधि तथा अधिकृत...

Next Post
टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न

टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए एनसीसी अमेरिकाको सदस्यता खोल्ने बिषयमा गम्भीर बहस,चाडै खोल्ने तयारिl
  • लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नववर्ष तथा मातातीर्थ औंसीको अवसरमा शुभकामना एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
  • टेक्सासमा भलिबल प्रतियोगिता आयोजना हुदै
  • टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न
  • टेक्सस भित्रका नेपाली कम्युनिटीहरु व्यवस्थित बन्दै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।