हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

“प्रवासी नेतृत्वको सुदृढ यात्रातर्फ :-मञ्चको पत्रकार सम्मेलन सम्पन्न”

Kishan Regmi by Kishan Regmi
May 19, 2025
in सबै समाचार

अर्जुन प्रधान, अमेरिका

अमेरिकामा स्थापित प्रतिष्ठित सामाजिक संस्था प्रवासी नेपाली मञ्च, अमेरिका (ओभरसिज नेपाली फोरम – ONF) ले आगामी चौथो राष्ट्रिय अधिवेशनको सन्दर्भमा आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलन मे १८, २०२५ (आइतबार) का दिन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा संस्थाको विगत, वर्तमान र आगामी योजनाहरूको समग्र चित्र प्रस्तुत गरियो। सम्मेलनले प्रवासी नेपाली समुदायको हित, अधिकार र सहभागिता सुदृढ बनाउने दिशामा संस्थाको क्रियाशीलताको पुनः पुष्टि गरेको छ।

सन् २०१२ मा अमेरिकी कानुनअनुसार आधिकारिक रूपमा 501(c)(3) अन्तर्गत सामाजिक संस्था रूपमा दर्ता भएको प्रवासी नेपाली मञ्चको प्रारम्भिक रूप सन् १९९८ मा एटलान्टामा “National Democratic Forum (NDF)” को रूपमा आरम्भ भएको थियो। त्यही प्रयत्न, विस्तार र समर्पणले आज प्रवासी नेपालीहरूको साझा आवाज बन्न सफल संस्था स्थापित भएको हो।

संस्था स्थापनाको मूल उद्देश्य– अमेरिकी भूमिमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई संगठित गर्दै आपसी सद्भाव, सहकार्य र सांस्कृतिक आत्मसम्मान अभिवृद्धि गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

संस्थाले आगामी मे ३१ र जुन १, २०२५ का दिन चौथो अधिवेशन आयोजना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। उद्घाटन कार्यक्रम मे ३१, शनिबार दिउँसो २ बजे सुरु हुने जानकारी दिइएको छ। उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय समिति अध्यक्ष संजय थापाको प्रमुख अतिथि रहने जानकारी छ।

सचिव छवि पाण्डेका अनुसार, अधिवेशनको पहिलो दिन उद्घाटन सत्र, शुभकामना मन्तव्यहरू, कार्यपत्र प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछ। दोस्रो दिन भने संस्थाको सांगठनिक प्रगति प्रतिवेदन, आर्थिक लेखा परीक्षण, तेस्रो अधिवेशनको समिक्षा, नयाँ नेतृत्व चयन तथा आगामी कार्ययोजना तय गरिनेछ।

तेस्रो अधिवेशनपछि संस्थाले १३ सदस्यीय सचिवालय, १७ सदस्यीय सल्लाहकार समिति, ५ सदस्यीय बौद्धिक विभाग र १८ वटा राज्य समिति गठन गरेको थियो। अप्रिल १५, २०२५ सम्म ८६३ जना सदस्यहरूले आफ्नो सदस्यता नवीकरण गरिसकेको जनाइएको छ। सबैभन्दा बढी सदस्य संख्या टेक्सास राज्यमा रहेको पत्रकारहरूलाइ अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताएं ।

संस्थाले प्रवासी नेपालीको हितमा दोहोरो नागरिकता, रेमिटेन्स, नेपालमा लगानी, कर प्रणाली, तथा SMART NRNA MIS तालिमजस्ता विषयमा विभिन्न अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। भूकम्प तथा कोभिड-१९ महामारीका समयमा संस्थाले पोखरामा अक्सिजन प्लान्ट निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको अध्यक्ष लामिछानेले स्मरण गराए।

त्यस्तै, सन् २०२३ मा जारी केन्टकी घोषणापत्र (१० बुँदे) र सन् २०२४ को लस एन्जलस घोषणापत्र (७ बुँदे) मार्फत संस्थाले राष्ट्रियता, युवाको सहभागिता, शिक्षा–स्वास्थ्य सञ्जाल, व्यवसायिक पहल र वंशजका आधारमा नागरिकताको निरन्तरताजस्ता गम्भीर विषयहरू उजागर गर्दै प्रभावकारी नीति संवादलाई अघि बढाएको छ।

अध्यक्ष लामिछानेले अधिवेशनलाई प्रवासी नेपाली समुदायको साझा स्वाभिमान र नेतृत्व विकासको एक उत्कृष्ट अवसर भन्दै यसलाई संस्थाको सुदृढिकरण र विश्वसनीयता अभिवृद्धिको मोड बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, सम्पूर्ण सदस्य, शुभेच्छुक र सञ्चारकर्मीहरूलाई अधिवेशनमा उपस्थित भई ऐतिहासिक निर्णयहरूको साक्षी बन्न हार्दिक आमन्त्रणसमेत व्यक्त गरे।

Share632SendTweet395

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
गीतकार लोकराजले गीतमार्फत जोडे नेपाल , अमेरिका र अस्ट्रेलिया

गीतकार लोकराजले गीतमार्फत जोडे नेपाल , अमेरिका र अस्ट्रेलिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।