रुस र युक्रेनले युद्ध शुरू भएदेखि अहिलेसम्मको सबैभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी साटासाट गरेका छन् ।रुस र युक्रेनविच टर्किएमा भएको प्रत्यक्ष वार्तामा सहमती भएपछि चरणमा सयौं कैदीहरू आदानप्रदान गरिएको हो ।
पछिल्लो सहमतिलाई कार्यान्वयन गर्दै अस्ति शुक्रवारदेखि कैदी आदानप्रदान प्रकृया शुरू भएको थियो । जसबाट आठ सय जना कैदीबन्दी आ–आफ्नो देश फर्किएका सीएनएनले जनाएको छ ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार चरणवद्ध रुपमा दुई देशले आफ्ना कैदि बन्दि फिर्ता हुनेछन् ।
रुस र युक्रेनले एक/एक हजार गरी कुल दुई हजारको सङ्ख्यामा बन्दीहरु साटासाट गर्ने सहमति गरेका छन् । प्रत्येक व्यक्तिको थर र प्रत्येक विवरण प्रमाणित गरेर मात्र आफ्नो देश फिर्ता गराईने कैदि बन्दिहरुका विषयमा रसियाको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार प्रत्येक पक्ष एक पटकमा २७० सैन्य कर्मचारी र १२० जना नागरिक बन्दीहरूलाई रिहा गरिने बताईएको छ ।








