गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण अष्ट्रेलीयाको आशन्न निर्वाचनमा देवेन्द्र खरेलले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । लामो समय देखि अष्ट्रेलीयामा रहेर सामाजिक, साँस्कृतिक र एनआरएनए गतिविधिमा क्रियाशिल खरेलले नयाँ कार्यसमिति निर्वाचन २०२५-०२७ का लागि राज्य संयोजक (-State Coordinator_) को उमेद्वारी दिने निर्णय गरेका हुन् ।
आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्दै सामाजिक संजाल फेसबुक मार्फत आफ्नो उमेद्वारीको अनौपचारिक घोषणा गरेका खरेल पेशाले रजिस्टर्ड नर्स हुन् । सन् २०२१ देखि ल्च्ल्ब् क्ब् मा पब्लिक अफिसर, र नेपाली पाठशाला एडिलेडको उपाध्यक्ष रहेका उनले विभिन्न संघसंस्थाहरूको सहयोग मार्फत नेपाली समाजलाई प्रत्यक्ष फाइदा पुग्ने खालका कार्यमा क्रियाशिल रहँदै आएका छन् । नेपाली समुदायहरूलाई एकतामा बाँध्ने उदेश्यले नेपाली नृत्य, संगीत र शिक्षामार्फत हाम्रो पहिचान जोगाउने कार्यमा अगुवाइ गर्दै आएका खरेलले आफ्नो चुनावी घोषणामा नयाँ शैली र दृष्टिकोण सहित नेतृत्व सम्हाल्न आफु सक्षम रहेको उल्लेख छ ।
यस्तो छ खरेलका चुनावी एजेण्डा सहितको उमेद्वारी घोषणा पत्रको पूर्ण पाठ






